इटाभटा । सामाजिक विकास कार्यक्रम अन्तरगत झापाको मेचीनगर-७ वडा कार्यालयले बुधबार १६ जनालाई सुत्केरी पोषण  सामग्री बितरण गरेको छ ।Screenshot_2025-04-23-15-33-58-665_com.whatsapp-edit
वडा कार्यालयमा पेश गरेको निवेदनको आधारमा दुई हजार मूल्यको १ किलो घ्यू, १ किलो मह १ केजी गेडागुडीसहितको  सुत्केरी पोषण सामग्री बितरण गरेको मेचीनगर-७ कि वडा सदस्य मिनमाया लिम्बू सुब्बाले जानकारी दिइन् ।Screenshot_2025-04-23-15-33-39-464_com.whatsapp-edit
कार्यक्रममा वडाअध्यक्ष प्रल्लादमणि ओली, वडासचिव लक्ष्मी राई, सदस्य अर्जुनकुमार कार्की, मेलमिलाप समितिका सदस्य पिताम्बर पौडेलले सुत्केरी पोषण सामग्री बितरण गरेका थिए ।Screenshot_2025-04-23-15-34-29-238_com.whatsapp-edit