काठमाडौं। नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै १७ दिनदेखि देशभरका शिक्षकहरू आन्दोलनमा छन् ।
देशभरका शिक्षकहरू जम्मा भएर शुक्रबार (आज)आन्दोलनलाई थप चर्काउँदै लगेका छन् । उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडक यातायात सेवा ठप्प छ । शिक्षक आन्दोलनक  क्रममा सडक अवरुद्ध निरन्तर भएपछि त्यसको असर  सर्वसाधारणलाई परेको छ ।  
शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।
मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार गरेपनि नेपाल शिक्षक महासंघले असहमति जनाउँदै आएको छ । उनीहरूले आन्दोलनलाई पहिलाभन्दा थप शसक्त बनाउँदै गरेका छन् ।