मनोज सिटौला
बुढानीलकण्ठ । स्थानीय कला-संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले नव वर्ष २०८२को अवसरमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर-१ ले `बाग्द्वार मेला तथा प्रथम सांस्कृतिक कार्यक्रम -२०८२´ तयारी गरेको छ ।
काठमाडौं जिल्लामा अवस्थित बुढानीलकण्ठ नगरपालिका वडा नम्बर-१ का अध्यक्ष सुरेन्द्र लामाले वडाबासी युवा, महिला तथा सबै उमेर समुहलाई लक्षित गरेर सांस्कृतिक कार्यक्रमको तयारी गरिएको जानकारी दिए ।
सांस्कृतिक कार्यक्रमलाई रोमान्चक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुतिसहित स्थानीय उदयमान कलाकारहरुको गीत, नृत्य, विभिन्न जातीय संस्कृति झल्काउने झाँकी प्रर्दशनी लगायतका कार्यक्रम रहेको छ । रास्ट्रिय कलाकारहरु रेशमा बमजन, जीवन बमजन, छेवाङ लामा, जगत घिसिङ, तामाङ डम्फु (समाज) र राजु लामा लगायतको वेजोड संगीतमय प्रस्तुति रहने अध्यक्ष लामाले जानकारी दिए ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ को तौलुङ चौतारा गुम्बामा आयोजनाको तयारी गरिएको सांस्कृतिक कार्यक्रममा सहभागिताका लागि वडाबासीलाई अनुरोधसमेत गरेको छ ।





















































