मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले पार्टी रुपान्तरण अभियानलाई शसक्त बनाएको छ । पार्टीले नगरमा प्रभाव पार्ने गरी अभियानलाई शसक्त बनाएको हो ।
गत २०८१ पुष महिनादेदेखि मेचीनगर-६ बाट सुरु गरेको अभियानले नगरभित्र १५ वटै वडामा अधिवेशन-सम्मेलनबाट पार्टी सदस्यलाई जागरुक बनाउने गरी लागिपरेको छ ।Screenshot_2025-03-09-21-27-53-708_com.facebook.katana-edit
पार्टीले पुराना सदस्यलाई उनीहरुको कार्यशैली, प्रभाव र इमान्दारिताका आधारमा वडास्तरको पदमा हेरफेर गर्दै नगर पठाउने तथा नयाँ सदस्यलाई स्वागत गर्दै विभिन्न उपसमितिसमेत निर्माण गरेको छ । वडा अधिवेशनपछि पार्टीले वडाभित्र `टोलसेल´ कमिटीसमेत निर्माण गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले जानकारी दिए ।Screenshot_2025-03-09-21-27-30-336_com.facebook.katana-edit
उनका अनुसार मेचीनगरभित्र १ हजार ९३ जना पार्टी कृयाशिल सदस्य रहेका छन् । जागरूक अधिवेशनपछि २ हजारबढी पार्टी कृयाशिल सदस्य बनाउने योजना रहेको छ ।
१५ वटै वडा अधिवेशनबाट पार्टीमा तदारुकता देखाउने, पार्टीमा जीवन योगदान गर्ने सदस्यलाई सम्मान तथा अभिनन्दन गर्ने, प्रत्येक टोलका समस्या बुझेर सामाधानको प्रयास गर्ने योजना रहेको अध्यक्ष चिमरियाले जानकारी दिए ।
हालसम्म मेचीनगरका ५ वटा वडामा अधिवेशन सम्पन्न गरेको र १० वटा वडामा क्रमिक रुपमा अधिवेशनको मिति, स्थान तय गर्ने र नयाँ नेतृत्वका लागि वडास्तरमै छलफल अघि बढाएको छ ।FB_IMG_1741526912058
मेचीनगर-६ मा पबित्रा तिवारीको अध्यक्षतामा २५ सदस्यीय वडा समिति चयन गरिएको छ ।
मेचीनगर-१० मा आईतबार सम्पन्न वडा अधिवेशनले बाबुलाल राजवंशीको संयोजकत्वमा ३१ सदस्यीय वडा समिति निर्माण भएको छ ।
त्यसैले उपाध्याक्षमा खड्गप्रसाद सिटौला, ज्ञानु गोले, मित्र धिताल , सचिवमा शन्तोष कट्टेल, सह-सचिवमा हिरा आचार्य, शोमनाथ राजवंशी र कोषाध्यक्षमाजयन्ति मिजार (बिमला) लगायत ३१ सदस्यीय वड़ा कमिटी गठन भयको हाे ।FB_IMG_1741527210292
कार्यवाहक अध्यक्ष कमरेड खड्गप्रसाद सिटौलाको अध्यक्षता एवं  पार्टीका प्रदेश कमिटी सदस्य तथा क्षेत्र नम्बर १ का संयोजक प्रकाश भन्डारीको प्रमुख अतिथ्यता तथा रामहरी नेपाल, टिकाराम पौडयाल, राजन चिमरीया, गोपाल बराईली लगायतले बोलेका थिए ।
कार्यक्रममा यादव पौडयाल, राजन चिमरीया, कमरेड कृष्ण कौशल सिटौला, मिलन प्रसाई, ज्ञानेन्द्र सम्बाहाम्फे, शाङ्गे शेर्पा लगायतले बोलेका थिए । कार्यक्रममा नगर पार्टीको तर्फबाट उपलब्ध गरेको एक सय थान (प्रति) झुल विपन्न परिवारलाई  वितरण गरिएको थियो ।Screenshot_2025-03-09-19-15-20-694_com.facebook.katana-edit
त्यसैगरी मेचीनगर-९ मा सागर बुडाथोकीको अध्यक्षतामा २१ सदस्यीय वडासमिति चयन गरिएको छ । उपाध्यक्षमा सनबहादुर तामाङ, तिलबहादुर बुढाथोकी र कुमारी मगर, सचिवमा कुसुम ठटाल (श्रेष्ठ ),  सहसचिव सुरेस कार्की र देबिमाया बस्नेत र प्रकाश भट्टराईलाई कोषाध्यक्षसहित २१ सदस्यीय समिति गठन गरेको हो।

यस्तै मेचीनगर-११ मा अभिनाश धितालको अध्यक्षतामा २९ सदस्यीय वडा कार्यसमिति चयन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा कमल अधिकारी र धरणिधर उप्रेती, सचिव चन्द्र बर्देवा, सह-सचिबमा देवलाल राजबंशी कोषाध्यक्षमा मैयाँ लम्सालसहित २९ सदस्यीय कमिटी चयन भएको छ ।
अधिवेशनले वाइसीएल कमिटीमा पुष्कर खत्रीको अध्यक्षतामा ११ सदस्यीय र अनेम संघ क्रान्तिकारी अध्यक्षमा बिना थेवे कार्की सर्बसम्मत चयन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय समिति सचिब, बिदेश बिभाग प्रमुख राम कार्की (पार्थ ) जिल्ला संयाेजक राजु आचार्य (अग्नि) विशेष अथिति प्रकाश भन्डारीको आतिथ्यतामा सम्पन्न भएको थियो । बेदनिधी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।