काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी र दुर्गा प्रसाईको माातृभूमि बचाऊ अभियानसहितको संगठित र्‍यालीमा योगी आदित्यनाथको समेत ब्यानर प्रदर्शन भएको छ । 

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री तथा बिजेपीका नेता योगी आदित्यनाथको फ्रेम फोटोसहित प्रदर्शनमा उत्रेका छन् ।

यो तस्विर प्रदिपविक्रम राणा भन्ने व्यक्तिले हिन्दु राज्य स्थापनाको ब्यानरसहित प्रायोजन गरेका हुन् । सुकेधाराबाट चाबहिल हुँदै आउने जुलुसका सहभागीले योगीको तस्विरसहित प्रदर्शन गरेका थिए ।

योगीले नेपाल हिन्दु राज्य हुनुपर्छ भनेकाले उनको समर्थनमा उक्त ब्यानर प्रदर्शन गरिएको सहभागीले बताए । उक्त ब्यानरमा नामै राखेर प्रायोजन गर्ने प्रदिप विक्रम राणा कुनै बेला राप्रपाका नेता थिए ।

२०७३ सालको महाधिवेशनमा कमल थापासँग अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका राणा हाल आफूहरुसँग भने नरहेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।