झापा । झापाको भद्रपुरमा आइतबार दिउँसो टहरामा आगलागी हुँदा ३ लाखबढीको क्षति भएको छ ।
भद्रपुर नगरपालिका–४ स्थित डाँगीबारीका दुर्गामन राजवंशीले खेतमा बनाइएको अस्थायी टहरामा आगलागी हुँदा धान र परालसहित उक्त क्षति भएको हो ।
आगलागीबाट टहरासहित दुई थान पानी पम्पसेट र दुई बिगाहा धानको परालमा क्षति भएको छ । आगलागीको कारण भने खुलेको छैन । टहरामा लागेको आगो मेचीनगर नगरपालिका र बिर्तामोड नगरपालिकाको दुई वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भद्रपुरका नगर प्रहरी समेतको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भद्रपुर नगरपालिकाको दमकल मर्मत सम्भारको लागी बिर्तामोड ग्यारेजमा रहेकोले अन्य पालिकाबाट दमकल आएका थिए ।