मेेेचीनगर । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एबम् संघीय सांसद विश्वप्रकाश शर्माले कर्म गर्न भन्दा कर्मचारी फेरबदलमा सरकारको ध्यान पुगेको बताएका छन् ।
प्रेस क्लब मेचीनगरको १० औं साधारण सभा तथा छौठौं अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सांसद शर्माले उक्त कुरा बताएका हुन् । जुनसुकै राजनीतिक दल भएपनी राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्नेमा जोडदिदै भने,-`सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रपन्चमा लागेको छ उहाँलाई तत्काल हटाउनु हुदैन ।´
‘सरकार कर्म गर्नतिर लागोस्’, महामन्त्री शर्माले भने-‘कर्मचारी हटाउनेतिर होइन । कुलमानको अब धेरै समय छैन । हटाउनु हुँदैन ।’ उनले सामाजिक सञ्जाल विधेयक शंसोधन गर्नुपर्नेमा समेत जोड दिए । संसदमा ल्याइएको सामाजिक सञ्जाल विधेयक शंसोधन गरेर फेसबुकमा जथाभावी लेख्ने छुट कसैलाई पनि दिनुनहुने बताए ।
उनले आफ्नो क्षेत्रका अधुरो रहेका विकास निर्माणलाई समयमै सम्पन्न गर्न थप बजेट बिनियोजन गरेकोसमेत जानकारी दिए । नगरमा  भएगरेका राम्रो कामलाई सञ्चार क्षेत्रले पनि उठान गरेर आम नागरिकसमक्ष पुर्याउन आग्रह गरेका थिए ।