काठमाण्डौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर-३ ले पहिलो पटक बृहत मूर्तिकला र चित्रकला प्रदर्शनी शनिबारदेखि सुरु गरेको छ  ।
बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले मूर्तिकला र चित्र कोर्दै  कार्यशाला प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । Messenger_creation_55F8450B-C36D-4463-A370-599905FFF391लामो समययता आफ्नो सीपबाट उदाएका बुढानिलकण्ठमा रहेका १० जना मुर्ति निर्माता र २० जना चित्रकारको सहभागिता रहेको थियो।
उनिहरुले आधुनिक मुर्ति र चित्रको ब्यवसाय बिस्तार गर्न सिकाईका बिषयमा कार्यशाला प्रस्तुत गर्ने जनाएको छ ।Messenger_creation_296BE021-7039-41F8-9C09-7D1C30BC0A04
बृहत मूर्तिकला र चित्रकला प्रदर्शनीमा बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख  मिठाराम अधिकारी, वडा अध्यक्ष आकाश धिताल वडा सदस्यहरु बिकास लामा र बिक्रमराज श्रेष्ठको सहभागिता रहेको थियो ।Messenger_creation_C96A527D-94E8-444E-A5F9-1F9A91F8B614क्रियटिङ  स्कलपचर प्रालिको प्राबिधिक सहयोग र बुढानिलकण्ठ  मन्दिरको परिषद ब्यवस्थापन गरिएको मूर्तिकला र चित्रकला कार्यशाला फागुन ७ गतेसम्म  प्रदर्शनी रहने जनाएको छ ।