चन्द्रगढी । झापाको भद्रपुरमा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-९,  का २१ वर्षीय एक युवक रहेका छन् ।

१० वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ । प्रहरी चौकी घोडामाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।