बिर्तामोड । भरतमा सम्पन्न `अल इण्डिया चिफ मिनिस्टर गोल्डकप´को उपाधि जितेको खेलाडीलाई झापामा सम्मान गरिएको छ ।फुटबल क्लब झापा-११ का खेलाडी तथा अफिसियललाई झापामा बुधबार भव्य स्वागत तथा सम्मान गरिएको हो ।
सिक्किमको नाम्चीमा सम्पन्न १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको क्लबको टिमलाई बिर्तामोडमा क्लबले आयोजना गरेको कार्यक्रमबीच भव्य सम्मान गरिएको हो ।
जोरेथाङ रंगशालामा मंगलबार भएको फाइनल खेलमा झापाले अर्को नेपाली टोली चर्च ब्वाईज युनाइटेड क्लबलाई २-० गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । झापाको जितमा सन्तोष खत्री र प्रदिप बुढाथोकीले गोल गरेका थिए । विजेता बनेको झापाले उपाधिसहित नगद २० लाख भारतीय रुपैयाँ (नेरु ३२ लाख) हात पारेको छ ।
झापाले प्रतियोगितामा सुदेवा एफसी, दिल्लीलाई हराएको थियो ।