झापा । झापाको पन्थपाडा र लसुना नाका लागूऔषध ओसारपसारका लागि ट्रान्जिट बन्दै गएको छ । झापा गाउँपालिकामा पर्ने सो नाकाहरूबाट एकै दिन दुई युवतीसहित चारजना लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  सोमबार झापा गाउँपालिका–१ स्थित लसुना नाकामा भारतबाट नेपालतर्फ आउँदै गरेकी दुई युवतीमाथि शंका लागेर लागेर प्रहरीले चेकजाँच गर्दा प्लास्टिकसहित ३ ग्राम ९५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका ४ की १९ वर्षीया रदिमा बर्देवा र सोही ठाउँकी १९ वर्षीया इन्दिरा लिम्बू रहेको छ । ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।  त्यस्तै सोमबार साँझ झापा गाउँपालिका-५ पन्थपाडाबाट १० ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित झापा कनकाई दुई युवक मोटरसाइकलसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-८ का २५ वर्षीय सुमन राजवंशी र अर्जुनधारा नगरपालिका-५ का ३० वर्षीय प्रवीण गिरी रहेका छन् । पन्थपाडामा खटिएका प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९००९ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार राजवंशीले मलद्वारमा प्लास्टिकले पोका पारी लुकाईछिपाइ ल्याउँदै ब्राउन सुगर फेला परेको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए । यो भन्दा अगाडि पनि सशस्त्र र नेपाल प्रहरीले पटक पटक पन्थ पाडा र लसुना नाकाबाट ठूलो मात्रामा लागुऔषध बरामद गरिसकेको