मेचीनगर । नगरपालिकाको आर्थिक सहयोगमा मेचीनगर- ४ बाहुनडाँगीमा तेस्रो तरुल उत्सव सोमबारदेखि सुरु भएको छ ।

जसमा पर्यटन कार्यालय काँकरभिट्टा र केही सहकारीको सहयोग रहेको तेस्रो तरुल उत्सवमा तरुणमा विभिन्न जातका तरुल बिक्रीमा राखिएको छ ।

पौष्टिक खाद्य परिकारका रुपमा रहेको तरुलको महत्व र यसबाट हुने फाइदाका बारेमा जानकारी गराउने उद्देश्यले तरुल उत्सव आयोजना गरिएको मेचीनगर पालिकाले जनाएको छ ।

मेचीनगर-४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले हात्ती प्रभावित क्षेत्र भएकाले हात्तीले क्षति नगर्ने बालीका रुपमा पनि तरुलको खेती गर्न प्रेरित गर्ने उद्देश्यले तरुल उत्सव आयोजना गरिएको सञ्चारमाध्यममा उल्लेख गरेका छन् ।

बाहुनडाँगी बजारको मुख्य चोकसंगैको बजारमा आयोजना हुने उत्सवमा स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुति रहने जनाएको छ ।