भद्रपुर । झापाको भद्रपुरमा सिटी सफारी चोरी भएको छ । साबिक पृथ्वीनगर गाविस-५ हाल भद्रपुर नगरपालिका-२ चारआली निवासी पशुराम गुरुङको सिटी सफारी गएराति चोरी भएको छ । उनको प्रदेश १-०१-००२ (ह) नम्बरको सिटी सफारी चोरी भएको हो । घर आँगनबाटै सफारी चोरी भएपछि उनले प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समयमा सिटी सफारी चोरीका घटना भद्रपुरमा बढिरहेको छ । गत पुस १८ गते राति भद्रपुर नगरपालिका-६ को तेलिभिट्टा नजिकै बस्ने लप्टन भनिने धनबहादुर वनको सिटी सफारी चोरी थियोे । घर आँगनमा पार्किङ राखिएको उनको १-०१-००२ (ह) ८५० नम्बरको सफारी चोरी भएको छ ।

६ महिनाअघि भद्रपुर-१० लेखनाथ चोक निवासी रमेश चम्लागाईको घरको कम्पाउन्डबाट चार्जमा राखिएको प्र १-०१-०२ ह ३२२४ नम्बरको निलो थियो । चार्जको तार काटेर सफारी चोरी गरिएको थियो ।