झापा ।  नेपाल प्रिमियर लिगको दोस्रो खेलमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ।  बलरमैत्री पिचमा रन बटुल्न संघर्ष गर्दै चितवनले सोमबार काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको हो। 

काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । चितवनका सन्तोष कार्कीले सर्वाधिक अविजित २८ रन जोडे । ल्यूक मार्टिन बेनकेन्स्टाइले २२ रन बनाए। 

पाकिस्तानका अनुभवी बलर सोहेल तनबीरको कसिलो बलिङमा काठमाडौं गुर्खाज्‌का ब्याटरहरु चल्न नसक्दा रनस्कोर बढी बनाउन सकेन। निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन मात्र बनाउन सक्यो। 

काठमाडौंलाई मध्यम स्कोरमा समेट्नका लागि तनवीर एक्लैले पाँच विकेट लिए। काठमाडौंका लागि सबैभन्दा बढी सुमित मर्जनले २९ रन बनाउँदा माइकल लेभिटले २५, शंकर राना र डेन डुथवाइटले १६र१६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

यता चितवनका लागि तनवीरले पाँच विकेट लिँदा रिजन ढकाल, कुशल मल्ल, अमर रौतेदा र ल्युक बेन्केस्टिनले एकरएक विकेट लिए। त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय मैदानमा चितवनले टस जित्दै पहिला ब्याटिङको निम्तो काठमाडौंलाई दिएको थियो।