झापा । स्थानीय तहमा रिक्त पदका लागि आइतबार सम्पन्न उपनिर्वाचन नतिजा धमाधम आइरहेको छ । यो समाचार तयार पर्दासम्म ३५ स्थानको नतिजा आएको हो । नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जीत हासिल गरेको छ भने नेकपा एमालेले १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ । माओवादी केन्द्र १ गाउँपालिका अध्यक्ष, १ नगरपालिकाको उपप्रमुखमासहित ५ वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक-एक स्थानमा जीत हासिल गरेका छन् ।

कसले कहाँ-कहाँ जिते ?

काँग्रेस विजयी (१५)

रोल्पा रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्ष -भूपमणि पुन मगर, दार्चुलाको दुहुँ-५ मा वडाध्यक्ष -धनसिंह कुँवर, जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्ष -खम्बबहादुर सिंह रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्ष -मोतिराम खत्री, बर्दियाको ठाकुरबाबा नगरपालिका-४ को वडा वडाध्यक्ष-अमिन थारू, डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्ष -मोहन थापा, रौतहटको ईशनाथ नगरपालिकाको-७ को वडाध्यक्ष  -शेख अब्दुल खलिक, गुल्मीको मुसिकोट-१ को वडाध्यक्ष -आनन्द श्रेष्ठ, मकवानपुरको हेटौंडा-१२ को वडाध्यक्ष -अर्जुनप्रसाद तिवारी, काठमाडौंको कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्ष -इच्छाकुमार महर्जन, रौतहटको राजपुर नगरपालिका-६ को वडाध्यक्ष -समसे आलम, बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष -धिरेन्द्र पुजारा, तेह्रथुमको लालीगुराँस नगरपालिका-८ को वडाध्यक्ष -नगेन्द्र लिम्बू, सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्ष -तेतर साहु,कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्ष -प्रकाश चन्द बिजयी भएका छन् ।

एमाले विजयी (७) 

ओखलढुंगाको मोलुङ गाउँपालिकाको-५ को वडाध्यक्ष -गंगाबहादुर तामाङ, दैलेखको दुल्लु नगरपालिका-५ को वडाध्यक्ष -लालबहादुर शाही, महोत्तरीको रामगोपालपुर नगरपालिका-२ को अध्यक्ष-सकिबुल खाँ, ताप्लेजुङको सिरिजंघा-३ को वडाध्यक्ष -कुमारी सावादेन, कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ को अध्यक्ष -मोहम्मद ताहिर मुसलमान, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष -जंगबहादुर शाही, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष -सुलोचना भण्डारी

माओवादी विजयी (७)

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमो नारायण माझी, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा देवका लामिछाने, गोरखाको गोरखा नगरपालिका-५ को वडाध्यक्ष -विष्णुबहादुर मगर, नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्ष  -कृष्ण घिमिरे, उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष-नविनकुमार वान्तवा राई, धनुषाको धनुषाधाम नगरपालिकाको-१ को वडाध्यक्ष -सुनिल कुमार केवट, रोल्पाको पुथा उत्तरगंगा-२ को वडाध्यक्ष -जगत घर्ती (निर्विरोध)

नेकपा एस विजयी (१)

रौतहटको गढीमाई नगरपालिका-८ को वडाध्यक्ष -बजरंगीप्रसाद यादव

जसपा विजयी (२)

सप्तरीको डाक्नेश्वरी-४  को वडाध्यक्ष -देवेन्द्रप्रसाद यादव

सप्तरीको डाक्नेश्वरी-१  को वडाध्यक्ष -धिरेन्द्रकुमार शाह

रास्वपा विजयी (१)

काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष -रोजिना श्रेष्ठ

नेमकिपा विजयी (१)

कालिकोट तिलागुफा नगरपालिक-४ वडाध्यक्ष -खड्गराज शाही

स्वतन्त्र विजयी (१)

झापाको कन्काई नगरपालिका-६ को वडाध्यक्ष -लक्ष्मीप्रसाद ओली बिजयी भएका छन् ।