मेचीनगर । समाजका सबै वर्ग र समुदाय मिलेर मात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुनसक्ने झापाको काँकरभिट्टामा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । 

अन्तर्राष्ट्रिय महिला हिंसा दिवसको अवसरमा मेचीनगर नगरपालिकाले सोमबार काँकरभिट्टामा आयोजना गरेको प्रभातफेरिसहितको र्यालीपछिको कोणसभामा सहभागी महिला तथा प्रहरी प्रमुखले उक्त उद्घोष गरेका हुन् ।IMG_20241125_140112कोणसभामा मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष एवम् सामाजिक अभियन्ता राधा प्रधान कार्की, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी मिमबहादुर लामा लगायतले महिला हिंसा सबै मिलेर अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।IMG_20241125_140052मेचीनगर नगरपालिकाको अगुवाईमा नगरका विभिन्न सामाजिक संघ-संस्थाहरुको सक्रिय सहभागितामा प्रभातफेरिसहितको र्याली गरिएको हो । र्यालीपछि कोणसभामा परिणत भएको थियो ।IMG_20241125_100741मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीको सहभागिता रहेको कार्यक्रममा सरकारी तथा गैरसरकारी सामाजिक संघ संस्थाहरुको सहभागिता रहेको थियो ।IMG_20241125_140031‘हामी सबैको प्रतिवद्वताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्वता’ नारासहित नगरपालिकाले प्रभातफेरि गरेर आजदेखि १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गरेको छ ।IMG_20241125_140010कार्यक्रमको सञ्चालन नगरपालिकाकी महिला विकास अधिकृत जयन्ती खरेलले गरेकी थिइन् ।