चारआली । झापाको चारआली खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यसमितिको दुई सय मतपत्र गणनाको नतिजा अनुसार साझा समुहका उम्मेद्वार अघि रहेका छन् ।
साझा प्यानलका अध्यक्ष राजन चिमरियाले ९६ मत प्राप्त गर्दा एमालेका अध्यक्ष उम्मेद्वार सन्तोष मेचेले ६५ र नेपाली काङ्ग्रेसका अध्यक्ष बालकुमार बिष्टले ३३ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा मैया कार्कीले ६६ मत, काङ्ग्रेसका दीपा पौडेलले ४८,एमालेका पुष्पा गौतमले ४८ मत प्राप्त गरेका छन् ।
सचिवका प्रत्यासीमध्ये साझाका प्रेमराज घिमिरेले ७० मत, एमालेका दामोदर घिमिरेले ६५ मत र काङ्ग्रेसका राजेन्द्र रिजालले ३८ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा साझा समुहका साउन मेचे बादलले ६७ मत, एमालेका प्रकाश बरालले ६३ मत र काङ्ग्रेसका यमकान्त पौडेलले ४९ मत प्राप्त गरेका छन् ।
सदस्यमा साझा समुहका तर्फबाट सदस्य पुरुषोत्तम सिग्देलको ६६, काङ्ग्रेसका लक्ष्मी घिमिरेको ३६ ,एमालेका  कृष्णप्रसाद भण्डारीले ६० मत पाएका छन् ।
सदस्यमा साझा समुहको चन्द्र तवेबुङले ६९, काङ्ग्रेसकी रन्भाकुमारी राजबंशीले ४१ र एमालेकी लीलादेबि कार्कीले ६२ मत पाएका छन्  ।
धनमाया बस्नेत ४७, राजेन्द्र कार्की ५९ र तेजबहादुर लिम्बुले ५९ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा सुकुमार मेचे ४९, हरिप्रसाद घिमिरे ६९, डिल्लीराम अधिकारीले ५० मत प्राप्त गरे ।
शान्ता नेम्बाङले ४३, भगिरथा खतिवडा ५६, अन्जु फेवादिनले ६२ मत प्राप्त गरिन् ।
लेखा समिति संयोजकमा मोहन अधिकारीले ५८, रेवतकुमार दाहालको ५४ र अर्जुन खनालले ५७ मत प्राप्त छन् । त्यस्तै खुल्ला सदस्यहरुमा रुद्रप्रसाद रिजालले ६६, श्रीप्रसाद थापाले ५६  र हरिप्रसाद रिमालले ४१ मत ल्याएका छन् ।
त्यस्तै महिला सदस्यमध्ये बिलमा मिश्र ६७, रितादेबि रिजाल न्यौपानेले ६७ र जमिनादेबि ओली खरेलले ३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।