IMG_20241107_172933झापा । साँझमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको प्रमुख दिन मनाइएकाे छ ।

देशभरका नदी जलाशयमा बिहीबार साँझ अस्ताउँदो सुर्यलाई र शुक्रबार विहान उदाउँदो सूर्यलाई अर्घ चढाएर पटककाे छठ पर्व विधिवत रूपमा सम्पन्न हुनेछ ।IMG_20241107_172700रातभर नदी वा कुनै पोखरीको छेउमा रातभर जाग्राम बसेर छठ्ठी माताको उपासना गरिन्छ । विहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।

छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ ।IMG_20241107_172714छठ पर्वको व्रतलाई कठिन व्रतको रुपमा पनि लिइन्छ ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी छठी माईको पूजा गरिन्छ ।IMG_20241107_172457आज सार्वजनिक बिदा पनि हो । झापाकाे मेची खाेला, धुलाबारीकाे निन्दा खाेला, कनकाईकाे विरिङ खाेला, भद्रपुरकाे मेची खाेला लगायतमा छठ पर्व धुमधामसँग मनाइने गरिएकाे छ ।

कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको छठ पर्वको आज तेस्रो दिन छठ अर्थात् षष्ठी हो ।IMG_20241107_172908झापामा १५ सय सुरक्षाकर्मी परिचालन 

आज हुने छठ पूजामा हुने भिडभाडमा कुनै अप्रिय घटना हुन नदिन झापामा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाका ५६ स्थानमा आयोजना गरिएको छठ पूजाको सुरक्षाका लागि ११ सय जना नेपाल प्रहरी , ४०० जना सशस्त्र प्रहरी र ५६ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो ।

जिल्लाका ५६ ठाउँमा छठ पूजा आयोजना गरिएको र १५ ठाउँमा ठुलो सङ्ख्यामा सामूहिक घाट निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनले करिब ११ सय जना नेपाल प्रहरी जिल्लाका सबै पूजा स्थलमा परिचालन गरिएको जानकारी दिए । त्यस्तै सशस्त्रका ४ सयभन्दा बढी प्रहरी खटाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी कवीन्द्र राईले बताए ।

त्यस्तै ट्राफिक प्रहरीका करिब आधा जनशक्ति छठ पूजाको व्यवस्थापनमा खटिएका छन् । जिल्लाका ७ ठाउँमा ५६ जनालाई छठ पूजामा ट्राफिक व्यवस्थापनमा खटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिएका छन् ।