मेचीनगर । रेड स्टार फुटबल क्लब संस्थापक उपाध्यक्ष ज्ञानेन्द्र राउतको निधन भएको छ । उनको भारतको दिल्लीमा उपचारकै क्रममा सोमबार निधन भएको हो ।
क्लबका सचिव प्रेमकृष्ण श्रेष्ठका अनुसार मेचीनगर-१० गोलाबारी घर भएका ५४ वर्षीय राउत मधुमेह रोगबाट पीडित थिए भने पछिल्लो पटक फोक्सो र मुटुसम्बन्धी रोगको उपचारका लागि भारतको दिल्लीस्थित बिएलके म्याक्स हस्पिटल पुर्याइएको थियो । राउतले घर छेउमै बिगत वर्षदेखि नै ब्यवस्थित रुपमा फुटसल संचालनमा ल्याएका छन् ।
बिर्तामोडको कृषिथोक रोडस्थित गणेश मार्केटका सञ्चालक तथा व्यवसायी राउतको उपचारकै क्रममा हिजो निधन भएको क्लबका सचिव श्रेष्ठले जानकारी दिए । राउतको शव भोलि (बुधबार) दिल्लीबाट नेपाल ल्याइ कनकाई माइमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।