झापा । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै तराईका सबै जिल्ला र पहाडी जिल्लामा पनि छठ पर्वलाई स्वागत तथा तयारी गर्न सुरु गरिएको छ।
छठ पर्वलाई मर्यादित बनाउन नदी, खोला, ताल, पोखरी तथा जलाशयहरु सरसफाई गरी, पुजा स्थलको रुपमा तयारी गर्दै स्वागत गरिएको छ । नदी आकर्षक रूपमा सजाएर छठघाट अर्थात् पूजा स्थल निर्माण भइरहेको छ। तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ। छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको हो।
पुर्वका प्रशिद्द नदी, पोखरीको किनारलाई ब्यवस्थित गरिएको पाइएको छ ।  शक्ति माताको प्रतिकको रुपमा दुर्गा भवानीले बिजय गरिएको खुसियालीमा दशैं मनाइने गरिन्छ भने प्रकृतिमा रहेका घरेलु जनावर, पन्छि, धनकी देबि लक्ष्मी मातालाई पुजा गरेपछी भाईटिका लगाइँदै तिहार सकिन्छ ।
त्यसैगरी छ्ठ पर्वकाे महतब पनि छुट्टै पाइन्छ । छ्ठ पुजालाई प्रकृतीको पुजाको रुपमा लिइने गरिन्छ । सुर्य देवताको बिधिवत पुजा आरधना गरी अघिल्लो दिन अस्ताउँदो सुर्यलाई अर्घ्य र भोलिपल्ट उदाउँदो सुर्यलाई अर्घ्य दिएपछि मनोकामना पुर्ण हुने बिश्वास गरिदै आएको छ ।
छठको विधि :
कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ। छठ व्रत बसेर छठघाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ। 
कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन्। यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ। बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन्। यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ।
भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ। कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ। अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रूपमा समेत उपयोग गरिँदै आएको छ। पछिल्लो समय काठमाडौंलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ छठ पर्व मनाउन थालिएको छ।