झापा । यमपञ्चक अन्तर्गत आज कुकुरलाई मिठा मिठा खानेकुरा दिएर, माला लगाएर कुकुरको पूजा गरिन्छ । शास्त्रमा कुकुरलाई यमराजको दूत तथा मानिसको सुरक्षाकर्मीको रूपमा हेरिन्छ । कुकुरको चर्चा धर्म शास्त्रमा पनि पटक पटक गरिएको छ । द्धापरपुगको अन्तमा महाभारतमा पाण्डवहरु स्वर्ग जाने बेलामा कुकुर पनि सँगै गएको चर्चा गरिएको छ । ऋग्वेदमा कुकुरले स्वर्गका राजा इन्द्रको हराएको वस्तु भेटाउन सहयोग गरेको कुरा उल्लेख गरिएको छ ।

कुकुरको पूजा गरिसकेपछि साँझमा धनधान्यकी देवी लक्ष्मीको विधि पूर्वक पूजा अर्चना गरिन्छ । शिवरात्रि, मोहरात्रि कालरात्रि भनिए झै आजको दिनलाई सुख रात्रि भनिन्छ । आजको दिन साँझमा दीपमालिका गर्ने अर्थात घरको वरिपरि दियो बालेर झिलिमिली पार्ने र रातमा लक्ष्मीको पूजा गरिन्छ । यस लेखमा लक्ष्मी पूजाको लागी आवश्यक सामाग्री तथा पूजा विधिको बारेमा चर्चा गरिएको छ ।

लक्ष्मी पूजाको आवश्यक पूजा सामाग्री:

लक्ष्मीको फोटो वा प्रतिमा वा मूर्ति कुनै एक भए हुन्छ । गणेश भगवानको फोटो अर्थात सुपारी वा नरिवल, तामाको कलश, दियो बाल्नको लागि सोह्रसुते बति, तिलको तेल, केशरी वा श्रीखण्डको चन्दन, अबिर, केशरी, तिल, कपुर, धूप, शरस्यु ,अक्षता, जौ, जनै, सुपारी, फुलको माला, फुल, धागो, कलश र कलशको मुखमा राख्ने सामाग्रीहरू जस्तै पञ्चपल्लब (आप,पिपल, बर डुम्री समी) कलश सजाउने सामान जस्तै पञ्चरत्न, सप्तमृतिका, कलसमा बाध्नको लागी रातो, पहेलो कपडा,फलफूल, कटुस, बिमिरो, ओखर, नैवेद्यमा लड्डु, पानी भरिएको नरिवल,सेल, पान, सुपारी, अनार, सेता मिठाई,पञ्चामृत (दूध, दही, घिउ, मह, सख्खर) सौभाग्यका सामानहरू जस्तै रातो सल, रिबन, चुरा, ऐना, अत्तर, धागो, टिका र गाजल तयार परि रातको समयमा माता महालक्ष्मीको पूजा गर्नु पर्दछ ।

पूजा विधि

दायाँ हातमा जल लिएर बायाँ हातमा कुशबाट तयार पारिएको पवित्र धारण गरी आफूलाई र पूजा सामाग्रीलाई निम्न मन्त्रले जल छर्कनु पर्दछ ।

ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपि वा 

यः स्मरेत् पुण्डरीकाक्षं स बाह्याभ्यंतरः शुचिः ।।

माहालक्ष्मी वा कुनै देवी देवताको पूजा गर्दा आफूबस्ने आसन शुद्ध हुनु पर्दछ र आसनलाई निम्न मन्त्रद्वारा जल छर्कनु पर्दछ ।

ॐ पृथ्वी त्वया घता लोका देवि त्वं विष्णुना घृता । त्वं च धारय मां देवि पवित्रं कुरु च आसनम् ।।दाहिने हातमा जल लिएर निम्न मत्रले आचमन गर्नुपर्दछ ।


ॐ केशवाय नमः स्वाहा,

ॐ नारायणाय नमः स्वाहा,

ॐ माधवाय नमः स्वाहा ।

निम्न मत्रले हात धुनु पर्दछ ।

ॐ गोविन्दाय नमः हस्तं प्रक्षालयामि ।

टपरीमा धान र धानमाथि टपरिमा चामल राखि दियो बाली निम्न मन्त्र पढि पूजा गर्नुपर्दछ ।

शुभं करोति कल्याणम् आरोग्यम् धनसम्पदा ।।

शत्रुबुद्धिविनाशाय दीपकाय नमोऽःतु ते ।।

दीपो ज्योति परं ब्रह्म दीपो ज्योतिर्जनार्दन ।।

दीपो हरतु मे पापं संध्यादीप नमोऽःतु ते ।।

दियोको पूजा गरिसकेपछि स्वस्ती वाचन निम्न मन्त्र पढि गर्नुपर्दर्छ ।

ॐ स्वस्ति न इंद्रो वृद्धश्रवाः स्वस्ति न पूषा विश्ववेदाः ।

स्वस्ति नस्ताक्ष्र्यो अरिष्ट्टनेमिः स्वस्ति नो बृहस्पतिद्र्दधातु ।।

द्यौः शान्तिरन्तरिक्ष गुं शान्तिः पृथिवी शान्तिरापः

शान्तिरोषधयः शान्तिः । वनस्पतयः शान्तिर्विश्वे देवा ।

शान्तिर्ब्रह्म शान्तिः सर्व गुं शान्तिः शान्तिरेव शान्तिः सा ।।

मा शान्तिरेधि । यतो यतः समीहसे  ततो नोऽअरेभयं कुरु ।

शन्न  कुरु प्राजाभ्योऽभयं नः पशुभ्यः । सुशान्तिर्भवतु ।।

पूजा सुरु गर्नुपुर्व माथि उल्लेख गरिएका पूजा सामाग्रीहरू व्यवस्थित साथ पूजा स्थलमा राख्नुपर्दछ । काठमाथि रातो कपडा बिछाई त्यो माथि माहालक्ष्मी र गणेश भगवानको मूर्ति वा फोटोलाई राख्नुपर्दछ । दाहिने हातमा जल, पुष्प, अक्षता र द्रव्य लिएर माहलक्ष्मी र अन्य भगवानको पूजाको संकल्प गर्नुपर्दछ ।

ॐ विष्णुर्विष्णुर्विष्णु : श्रीमद्भगवतो महापुरुषःय विष्णोराज्ञया प्रवर्तमानःय अद्य श्री ब्रह्मणोऽह्नि

द्वितीयेपरार्धे श्रीश्वेतवाराहकल्पे वैवःवतमन्वन्तरे अष्टाविंशतितमे कलियुगे कलि प्रथम चरणे

जम्बूद्वीपे भरतखंडे भरतवर्षे आर्यावर्तेक देशांतर्गत अमुक क्षैत्रे नगरे( आफु बसेको ठाउको नाम लिने) कालयुक्त नाम सम्बत्सरे दक्षिणायने शरद ऋतौ, महामांगल्यप्रद मासोत्तमे कार्तिकमासे, शुभ कृष्णपक्ष अमावस्यां शुभ पुण्य तिथौ, बिहीबासरे चित्रा नक्षत्रे कन्या तुलाराशि स्थिते चन्द्रमा तुला राशि स्थिते

सूर्य वृष रााशि स्थितेदेवगुरौ शैषेषु गृहेषु यथा यथा राशि स्थितेषु सत्सु एवं गृहगुणगण

विशेषण विशिष्ठायां शुभ पुण्यतिथौ अमुक गौत्र :(आफ्नो गोत्र उच्चारण गर्ने) अमुक नाम शमार्ऽहं वर्माऽहं गुप्तोऽहम्

दासोऽहम्ं (आफ्नो नाम उच्चारण गर्ने) मम अस्मिन प्रचलित व्यापा आयुरारोग्यैश्वर्याधभिवृद्धयर्थम् व्यापारे

उत्तरोत्तरलाभार्थम् च दीपावली महोत्सवे गणेश–अम्बिका–श्रीमहालक्ष्मी, महासरस्वती–महाकाली लेखनीर मषीपात्र कुबेरादि देवानाम् पूजनम् च करिष्ये ।

आरती गर्नु

चक्षुर्दं सर्वलोकानां तिमिरस्य निवारणम् ।

आर्तिक्यं कल्पितं भक्त्या गृहाण पमेश्वरि ।।

ॐ महालक्ष्म्यै नमः, नीराजनं समर्पयामि ।

जल चढाएर हात धुनुपर्दछ ।

ॐ महालक्ष्म्यै नमः, प्रार्थनापूर्वकं नमस्कारम् समर्पयामि । प्राथना वा नमस्कार गर्नु ।