बिर्तामोड । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले देशको आमूल परिवर्तन आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गरेका छन् । 

नेकपा माओवादी केन्द्र झापाले बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धन सरकारको औचित्य नभएको उल्लेख गरेका थिए । अहिलेको सरकार आफ्ना सबै कर्तुत बचाउनकै लागि अस्वभाविक गठबन्धन गरेको उनको भनाई थियो । अहिलेको अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र त्यसबाट नेपालमा पर्नसक्ने असरको बारेमा लामो चर्चा गर्दै मुलुकको स्वाधीनताका लागि जनता र देशका लागि समवेदनशील र सबैलाई सन्तुलनमा राख्न सक्ने शक्ति माओवादी केन्द्र नै भएको बताएका हुन् । BeautyPlus_20240915141102445_save 1झापामा जति अन्तर संवाद र अन्तक्रिया भयो, म केमा पुगेको छु भने हाम्रो एउटा अभियान सुरु भयो ।’ अध्यक्ष प्रचण्डले भने  ‘त्यसको नेतृत्व झापाले गर्नेछ । झापा बिद्रोहको ऐतिहासिक विरासतबाट आएका झापाली जनताले अब प्रतिक्रान्ति, दलाली र जालझेललाई साथ दिने छैन ।’

नेता प्रचण्डले नक्कली भूटानी शरणार्थी, गिरिबन्दु टिस्टेट जस्ता माफिया र तस्करीसित जोडिएका घटना झापामा भएको र आज आफूले संयोगवस गिरिबन्दु टिस्टेटको भूमि टेकेर पीडितसँग छलफल गर्ने अवसर पाएको बताए । आफूले नेतृत्व गरेको सरकारले माफिया र दलालहरुविरुद्व थालेको कदम चाल्दा नै सरकार ढालिएको स्पष्ट गर्दै उनले पछिल्लो समय नक्कली भूटानी शरणार्थी काण्डका अभियुक्त पक्राउ र त्यसपछि अनुसन्धानको सुई बुढानिलकण्ठ र बालकोट तिर सोझिएपछि माफियाहरुको मध्यस्थतामा कांग्रेस एमाले रातारात एक भएको बताए ।BeautyPlus_20240915131540675_saveसुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डासहित भ्रष्टाचारका फाइल खोल्दैगर्दा सरकार छाड्नुपरेकाले सरकार छाडेपछि जनताको आकर्षण वृद्धि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै पार्टी संगठन पुनर्गठन गरेर जनपरिचालनसहित अघि बढ्ने बताए ।

‘माओवादी केन्द्र आफु सच्चिएर जनताको ऐजेण्डामा अगाडि बढ्दा देश बनाउन सकिन्छ । हामीले आफ्नो वर्ग,सहिद बेपत्ता परिवार, घाइते पाङ्गहरूसँग छलफल अन्तक्रिया गर्दै कमिकमजोरी सच्याउने बाचा गर्दै अघि बढ्दा पार्टी निर्माण गर्न सकिन्छ । अहिले पार्टी प्रति जनताको विश्वास र भरोसाले पार्टी निर्माण गर्न सकिन्छ भन्ने विश्वास म मा पैदा भएको छ । BeautyPlus_20240915141318624_save 1मलाई जनयुद्धको तयारी गरेको जस्तै जोश आएको छ’ अध्यक्ष प्रचण्डले भने । उनले केन्द्रीय समिति बैठकपछि पार्टीसँग जनताको सम्बन्ध सुधारका लागि एउटा अभियान लिएर पूर्वदेखि पश्चिमसम्म जाने बताए ।

आफ्नो पार्टीको जोड अब सत्ता समीकरण बनाउने भत्काउनेतर्फ केन्द्रित नहुने स्पष्ट गर्दै सरकारका गलत क्रियाकलापको भने सडक र सदनबाट निरन्तर प्रतिवाद गर्ने र आफूले त्यसको थालनी सदनबाट गरिसकेको उनको भनाई थियो । 

दुई तिहाइ छ भनेर मनपरी नगर भनेर सम्झाउँदा प्रचण्डले बंगलादेश बनाइदिन्छु भन्यो भनेर कोकोहोलो मच्चाउने गरेको चर्चा गर्दै उनले यो त्रसित मानसिकताको उपज भएको बताएका छन् । संविधान पल्टाउदा जतातै माओवादी एजेन्डा गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक, महिला, दलित, जनजाति, मधेशीका अधिकार मात्रै देख्ने गरेकाले कतिपय शक्ति र व्यक्तिलाई संविधान मन नपरेको उल्लेख गर्दै उनले आफूहरुले कुनै नाममा जनताका अधिकार कमजोर हुन नदिने बताएका छन् । 

सोही कार्यक्रमकाबिच पुराना कम्युनिष्ट योद्धाका रुपमा परिचित लोकबन्धु कन्दङवासहित पाँच सयवढी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनीहरु आज (आइतवार) बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा माओवादीमा प्रवेश गरेका हुन् । BeautyPlus_20240915142302430_save

कन्दङवा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुन् । उनी नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा क्रियाशील थिए । कन्दङवासँगै नेकपा एमाले जिल्ला कमिटी सदस्य सिता रणपहेली पनि माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा १ नम्बर प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार)ले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । 

कार्यक्रममा बोल्दै कन्दङवाले किसान, महिला, मजदुर, आदिवासी, जनजाति, उत्पीडित वर्ग, दलितको पक्षमा एजेण्डा उठाउने एकमात्र पार्टी माओवादी केन्द्र भएको ठहर गर्दै पार्टी प्रवेश गरेको बताए । माओवादी केन्द्रलाई सहयोग नगरे देश खतरामा जाने भएकाले पनि आफू पार्टीमा आएको बताए । आफूले ४३ वर्ष एमालेमा बसेर काम गरिरहँदा ती तमाम एजेण्डा एमालेले बुझ्न नचाहेको उनको भनाई थियो । युद्धको समयमा परिस्थितिवस कतिपयको चित्त दुखेको भएपनि त्यसलाई परिस्थितिजन्य घटनाको रूपमा बुझिदिन उनले आग्रह गरे । एमालेमा छँदा आफू जेल नेल गएकाले आफ्नो लगानी रहेको भएपनि मुलुकको अग्रगमनका काम गर्न नेतृत्वले नसकेको उनले बताए ।

 जनताको ऐजेण्डामा अगाडि बढ्दा देश बनाउन सकिन्छ । हामीले आफ्नो वर्ग,सहिद बेपत्ता परिवार, घाइते पाङ्गहरूसँग छलफल अन्तक्रिया गर्दै कमिकमजोरी सच्याउने बाचा गर्दै अघि बढ्दा पार्टी निर्माण गर्न सकिन्छ । अहिले पार्टी प्रति जनताको विश्वास र भरोसाले पार्टी निर्माण गर्न सकिन्छ भन्ने विश्वास म मा पैदा भएको छ । मलाई जनयुद्धको तयारी गरेको जस्तै जोश आएको छ’ अध्यक्ष प्रचण्डले भने । उनले केन्द्रीय समिति बैठकपछि पार्टीसँग जनताको सम्बन्ध सुधारका लागि एउटा अभियान लिएर पूर्वदेखि पश्चिमसम्म जाने बताए ।

आफ्नो पार्टीको जोड अब सत्ता समीकरण बनाउने भत्काउनेतर्फ केन्द्रित नहुने स्पष्ट गर्दै सरकारका गलत क्रियाकलापको भने सडक र सदनबाट निरन्तर प्रतिवाद गर्ने र आफूले त्यसको थालनी सदनबाट गरिसकेको उनको भनाई थियो । 

दुई तिहाइ छ भनेर मनपरी नगर भनेर सम्झाउँदा प्रचण्डले बंगलादेश बनाइदिन्छु भन्यो भनेर कोकोहोलो मच्चाउने गरेको चर्चा गर्दै उनले यो त्रसित मानसिकताको उपज भएको बताएका छन् । संविधान पल्टाउदा जतातै माओवादी एजेन्डा गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक, महिला, दलित, जनजाति, मधेशीका अधिकार मात्रै देख्ने गरेकाले कतिपय शक्ति र व्यक्तिलाई संविधान मन नपरेको उल्लेख गर्दै उनले आफूहरुले कुनै नाममा जनताका अधिकार कमजोर हुन नदिने बताएका छन् । 

सोही कार्यक्रमकाबिच पुराना कम्युनिष्ट योद्धाका रुपमा परिचित लोकबन्धु कन्दङवासहित पाँच सयवढी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनीहरु आज (आइतवार) बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा माओवादीमा प्रवेश गरेका हुन् । 