मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानमा गत शनिबार मृत फेला परेका दुई नाबालिकाको हत्या उनीहरूकै आमा अस्मिता पौडेलले गरेको स्वीकार गरेकी छन् ।

पौडेल बुधबार बिहान करिव साढे ४ बजेतिर बिर्तामोडबाट पक्राउ परेकी थिइन् । उनलाई मोरङ प्रहरीले आज अपरान्ह पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । 

अस्मिताले सुरुमा आफूले विष खाएको र पेट पोल्न थालेपछी मर्छु होला भन्ने लागेर घरबाट लिएर गएका दुई छोरीहरूलाई पनि विष खुवाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

अस्मिताले आफुलाई श्रीमान्‌ले पटक पटक ज्यान मार्ने धम्की दिने गरेको र सहन नसकेर आफूपनि मर्ने र छोरीहरु पनि मार्ने सोच बनाएको बताएकी हुन् ।