मेचीनगर । झापा मेचीनगर नेतृत्वको ठोस निर्णयको पर्खाइमा रहेका स्थानीय आन्दोलनरत ६ राजनीतिक दलले न्यूनतम सर्त अघि सारेका छन् । मंगलबार मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी र उपमेयर मिना उप्रेती पोख्रेलसमक्ष तेस्रो चरणको बार्तामा न्यूनतम २० बुँदे सर्त अघि सारेका हुन् ।
यसअघि २१ बुँदे माग अघि सरेको असन्तुष्ट ६ राजनीतिक दलले राष्ट्रिय आवास कम्पनीको जग्गा नगरको स्वामित्वमा ल्याउने बिषयमा मन्जुरी गर्दै अन्य २० बुँदेमा न्यूनतम सर्त अघि सारेको बार्तामा सहभागी नेताले बताए । नेतृत्वले ६ दलको मागका बुँदाका बिषय नगरको बोर्ड बैठक र कार्यपालिकाको बैठकमा राखेर मात्रै अघि बड्ने भनेपछि बार्ता सकिएको माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष माधब अर्यालले बताए । नगरका तमाम बिषयमा नगरप्रमुख र उपमेयरले मात्रै निर्णय लिन नसक्ने कार्यपालिकाको बैठकको निर्णय पर्खिन भनेपछी पुनः बार्ता उनको भनाई छ ।
नगर नेतृत्वले सुष्म ढंगले अध्ययन गर्दै गरेको बताएपछी केहीदिनका लागि तयारीपछि पुनः छलफल गर्नेगरी बार्ता सकिएको बार्तामा सहभागी नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको भनाई छ । तर, उक्तदिन बसिने बार्तामा नगरको कानुनी बिषयपनि समेटिने भएकाले निश्कर्ष निकाल्नुपर्ने उनको जोड थियो ।
नगरपालिकाले दोस्रो पटकको बार्तापछि  प्रतिप्रश्न गरेर पत्रचार गरेकोमा ६ दलले त्यसको जवाफीपत्र फर्काइसकेको जनाएको छ ।
नगरभित्र चरम वेतिथि भएको भन्दै त्यसलाई सुधार गर्न नगरको नेतृत्वलाई ध्यानाकर्षणपछि ज्ञापन पत्रसमेत बुझाएका थिए ।
नगरको नेतृत्वको कार्यशैली जनहितकारी नभएको भन्दै ६ दलले भदौ १ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओबादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, राप्रपाका तर्फबाट क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेल, एकीकृत समाजबादीका तर्फबाट विपी भट्टराई, जसपाका नगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतको सहभागीता रहेको थियो ।