भद्रपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुक परिवर्तनको सबल नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरेका छन् । 

नेपाल महिला संघ झापाको आयोजना तथा ३ नम्बर क्षेत्रीय समितिको संयोजनमा भएको संघको क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनपछि बुधबार सम्बोधन गर्दै सिटौलाले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेता सिटौलाले हिजोका दिनमा भएका उपलब्धि र आगामी दिनमा पनि मुलुक परिवर्तनको नेतृत्व कांग्रेसले नै गर्ने दाबी गरेका हुन् ।

हरेक परिवर्तनको नेतृत्व गर्दै कांग्रेसले अग्रमोर्चामा रहेको बिगतमा उपलब्धि हासिल गरेको उदाहरण दिँदै लोकतन्त्रको संवाहक काङ्ग्रेस पार्टी नै भएको सिटौलाले त्यस्तो जिकिर गरे ।

राष्ट्रियसभा सदस्यसमेत रहेका सिटौलाले काङ्ग्रेस पार्टीभित्रको राजनीतिप्रतिको नकारात्मक सोच त्याग्न आमनागरिक र पार्टी कार्यकर्तालाई आग्रहसमेत थिए ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, झापा कांग्रेस कार्यबाहक सभापति केशवराज पाण्डे, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, संघ झापा अध्यक्ष टीका सिटौला , सचिव उर्मिला ढकाल, क्षेत्रीय सभापति उर्मिला गौतम, महिला नेतृद्वय शीला तामाङ र प्रमिला कोइरालाले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा प्रजातान्त्रिक आन्दोलन र महिला संघका विषयमा कांग्रेस झापा सचिव कृष्ण हुमागाईं, नेतृत्व विकास र महिला विषयमा जिल्ला सदस्य रमेशकुमार दाहाल, संविधानमा महिला अधिकार र कानून विषयमा शान्ता पाठकले प्रशिक्षण दिएका थिए।