मेचीनगर । नगरको चरम वेतिथिको विरुद्धमा चरणबद्द आन्दोलनरत ६ राजनीतिक दलसँग मेचीनगर नगरपालिकाले गरेको बार्ता निष्कर्षबिहिन बनेको छ । नेतृत्वको कार्यशैली जनहितकारी नभएको भन्दै ६ दलले भदौ १ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएपछि मेची नगरपालिकाले शुक्रबार बिहान असन्तुष्ट दललाई बार्तामा बोलाएको थियो ।
बार्तामा मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना उप्रेती पोख्रेलले ६ दलले ज्ञापनपत्रमै उल्लेख गरिएका महत्वपूर्ण बिषयलाई सम्बोधन नगर्ने छ्नक देखिएपछि बार्ता असफल भएको हो । नगरका साझा मुद्दाका बिषयमध्ये राष्ट्रिय आवास कम्पनीको जग्गाको बिषयलाई मात्रै नगरप्रमुखले पहिलो प्राथमिकता दिने भनेपछी असन्तुष्ट सहभागी राजनीति दलका नेताहरू बार्ता बस्नुको औचित्य नभएको भन्दै उठेका थिए ।
अन्य महत्त्वपूर्ण बिषय ओझेलमा पार्ने शैलीमा बार्ता आह्वान गरिएको रहेछ, सहभागी राजनीति दलका तर्फबाट माओवादी केन्द्रका माधव अर्यालले भने,`नगरप्रमुख र उपमेयरले राष्ट्रिय आवास कम्पनीको जग्गा नगरको स्वामित्वमा ल्याउने बिषय पनि नराम्रो होइन । तर, हामीले पटकपटक उठाउँदै आएको र लिखित रुपमा ज्ञापन नै गरिसकेको बिषयमाथि छलफल चलाउनै अनुदार देखियो । यस्तो कार्यशैलीले बार्ता बस्नुको औचित्य नै छैन ।´
पुर्वमाननीय र नेकपा एमालेसहितको सर्वदलीय बार्ता बोलाएपछी ६ दलको अपेक्षित सामाधान टुङ्गोमा पुग्न नस्किएको संघर्षरत नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको भनाई छ ।
नगर नेतृत्वले ६ दलले उठाएका बिषयमै केन्द्रित भएर बार्ता निर्धारण गर्नुपर्थ्यो नेतृत्वले पुर्वसांसद र एमाले पार्टीलाई समेत बार्तामा बसाएकाले निश्कर्षबिहिन बनेको नेता बुढाथोकीको भनाई छ ।
यता ६ राजनीति दलले उठाएको बिषयप्रती मेची नगरपालिकाको नेतृत्वले कुनैपनि निर्णय गर्न नसकेको श्रोतको भनाई छ । नगरपालिकाको गरिमा कसरी उच्च राख्ने र कुन ढंगले संचालन गर्ने भन्ने बिषयमै नगर नेतृत्व नै दोधारे बन्दै आएको नगबासीको आरोप छ । मेचीनगर नेकपा एमाले पार्टीको दुईतिहाई बहुमत भएकै कारण निर्वाध र स्वतन्त्रता ढंगले नेतृत्वले निर्णय लिनै नसकेको समेत स्पष्ट पार्दै आएका छन् । राजनीति दलले नगरको नेतृत्वलाई दबाबमा राखेर दल अनुकूलको निर्णयले नगर संचालनमा आएकै कारण पनि अन्य ६ राजनीति दलले संघर्षका कार्यक्रम तय गरेको असन्तुष्ट दलका नेताले आरोप लगाउदै आएका छन् ।
उता, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनीको समस्यालाई सामाधान गर्न सहमति भएपछी आइतबार पुनः बार्ता बस्ने गरी बार्ता सकिएको बताए । नगरपालिका कानुनबमोजिम संचालन हुने भन्दै नगरपालिका संचालनमा एमाले पार्टीको दबाब नभएको पनि स्पष्ट पारे । एमाले पार्टी मात्रै होइन अन्य राजनीति दलको पनि सुझाव लिनैपर्छ तर, नगरपालिकाको नेतृत्वले निर्णायक बन्ने समेत मेयर बुढाथोकीको भनाई थियो ।
नगरप्रमुख र उपप्रमुखले वितिथिको बिषयमाथि निर्णय लिन ६ दलसँग बार्ता गर्नुअघि बिहीबार एमाले पार्टीको ३ वटा बैठकमा सहभागी भएको श्रोतको भनाई छ । एमाले पार्टी नगरकमिटीका अध्यक्ष राजु कार्कीले विभिन्न समयमा बैठक बस्दै आएको तर नगरपालिकाको नेतृत्वलाई इङ्गित गरेर पुर्वाग्रही ढंगले बैठक नबसेको बताए । वेतिथि विरुद्धमा सबै राजनीतिक दल एक हुनुपर्ने उनको धारणा थियो ।
बार्तामा पुर्वसांसद श्री मैनाली, एमालेका नगर अध्यक्ष राजु कार्की, क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओबादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, राप्रपाका तर्फबाट क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेल, एकीकृत समाजबादीका तर्फबाट विपी भट्टराई, जसपाका नगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतको सहभागीता रहेको थियो ।



















































