एजेन्सी । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छिन् । हसिना चढेको हेलिकोप्टोर भारतीय शहर अगरतलातर्फ उडेको बिबिसी बंगाललाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोधमा विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनेपछि हसिनाले देश छाडेकी हुन् । प्रदर्शनकारीहरुले प्रधानमन्त्रीको कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले कार्यालयका कुर्सी तथा सोफाहरु तोडफोड गरेका भिडियोहरु सार्वजनिक भएका छन् । बंगलादेशमा प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री शेख हसिनाले भने केही समय अगाडि मात्र निवास छाडेकी थिइन् । उनले राजीनामा ममेत दिइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए । आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दियो ।