अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–४ का २६ वर्षीय अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । असार ४ गते अर्जुनधारा–४ भाङवारिमा पार्किङ गरी राखेको मे.७प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले सोमबार दनुवारलाई पक्राउ गरेको हो ।
खोजतलास गर्ने क्रममा दनुवारको घरबाट उक्त नम्बरको मोटरसाइकल फेला पारेको हो । चोरीको मोटरसाइकलसहित हिजो पक्राउ परेका दनुवारको बारेमा इलाका प्रहरी कार्यालय अनारमनिबाट थप अनुसन्धान भइरहेको डीएसपी प्रकाश विष्टले बताए ।