इटाभट्टा । खबरमञ्च साप्ताहिक पत्रिका नवौं वर्षमा प्रवेश गरेको छ । पत्रिकाले आठौं बसन्त पुरापछि नवौं वर्षमा प्रवेश गरेको पत्रिकाका प्रकाशक प्रकाश पौडेलले जानकारी दिए ।

नवौं बर्षमा प्रवेश गरेको अवसरमा पत्रिका प्रकाशकले बिहीबार औपचारिक कार्यक्रमबीच पत्रिका सञ्चालनमा महत्त्वपूर्ण सहयोग गर्नुहुने ग्राहक वर्ग, बिज्ञापन दाता, छपाई सहयोगी, बितरण सहयोगी, सुभेक्षुक एबम् कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

साताको बिहिबार प्रकाशन हुँदैआएको खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन २०७३ साउन १० गते झापा जिल्ला प्रशासन कार्यालयबाट अस्थायी दर्ता प्रक्रिया पूरापछी नियमित प्रकाशन हुँदैआएको प्रकाशक पौडेलको भनाई छ ।

मेचीनगर तथा आसपासका क्षेत्रलाई सूचना र समाचार श्रोतको रुपमा लिइँदै प्रकाशन गरिँदैआएको साप्ताहिक पत्रिकाले आगामी दिनमा खोजमुलक समाचार पस्कने जनाएको छ ।

मेचीनगर-७ मा कार्यालय रहेको उक्त साप्ताहिक पत्रिकाले शहरभन्दा ग्रामीण क्षेत्रभित्र लुकेका तथा ओझेलमा परेका बिषयलाई उच्च प्राथमिकता दिएर आम नागरिककाे समस्यालाई उजागर एबम् सुसूचित गराउँदै आएको छ  ।