इलाम । सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका विभिन्न निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ। डिभिजनअन्तर्गत सञ्चालित आयोजनाहरूमा करारीय दायित्व पालना नगरी गम्भीर सम्झौता उल्लङ्घन गरेपछि ती ठेक्काहरू रद्द गरिएका थिए।
ठेक्का अन्त्यपश्चात्को कारबाहीस्वरूप सार्वजनिक खरिद सम्झौता र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९९८० बमोजिम कायम भएको सरकारी बाँकी रकम दाखिला गराउन डिभिजनले पटक(पटक प्रयास गरेको थियो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार रकम बुझाउन प्रयास गर्दा पनि हालसम्म दाखिला नभएकाले डिभिजनले बिहीबार सार्वजनिक सूचना जारी गर्दै रकम दाखिला गर्न आह्वान गरेको हो।
सूचनाअनुसार ठेक्का रद्द भएका निर्माण व्यवसायीहरूले ऐन र नियमावलीबमोजिम कायम भएको सरकारी बाँकी रकम नेपाल सरकारको नेपाल बैंक लिमिटेडमा रहेको राजस्व खातामा दाखिला गर्नुपर्नेछ। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र तोकिएको राजस्व खाता नम्बर ००१०१००००००००१००१००१, राजस्व कोड नम्बर १४३१२ र कार्यालय कोड नम्बर ३३७०१०३०१ मा रकम जम्मा गरी सोको बैंक भौचर सडक डिभिजन कार्यालय इलाममा पेस गर्नुपर्नेछ।
ठेक्का तोडिएका र बाँकी रकम दाखिला गर्नुपर्ने निर्माण व्यवसायीहरूमा पाँचथरको बुढाथोकी निर्माण सेवा ९रु २३,०४,५८७।४५० र ताप्लेजुङको मावोहाङ निर्माण सेवा ९रु १,०८,२५,००२।६२० रहेका छन्। यसैगरी मकवानपुरको शिव शक्ति इन्फ्रा डेभलपर्स प्रा।लि। का दुईवटा ठेक्काको ९क्रमशः रु ४,५९,७१,५६३।७५ र रु ३,४२,४७,७०८।६८० बाँकी रकम दाखिला गर्न बाँकी छ।
यस्तै इलामको एम।डि।ब्रो। कन्स्ट्रक्सन प्रा।लि। ९रु ९,३४,७५०।०१०, धनकुटाको शाहरपूजा जे।भी। का दुई ठेक्का ९क्रमशः रु ८६,३३,३१३।७८ र रु ५७,३६,९५९।६७० तथा धनकुटाकै आशिवर्दिरपूजा जे।भी। ९रु १,७१,७४,१६३।९२० ले पनि बाँकी रकम बुझाउनुपर्नेछ। त्यसैगरी इलामको माईजोगमाई स्थित एबिसि निर्माण सेवा ९रु १,१८,१३,३८४।२३०, धनुषाको के।एम। कन्स्ट्रक्सन ९रु ३६,८७,७२६।३६०, पाँचथरको टेक एण्ड सपना कन्स्ट्रक्सन प्रा।लि। ९रु ७९,४९,२४५।२९० र धनुषाको गायत्री माँ कन्स्ट्रक्सन एण्ड समरित कन्स्ट्रक्सन जे।भी। ९रु १,९९,१४,४४७।९९० ले रकम दाखिला गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ।






















































