बिर्तामोड । बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा बिर्तामोडका एकजना व्यक्तिलाई प्रहरी पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-५ का ४७ वर्षीय नारायण खरेल रहेका छन् । उनी बिर्तामोड ६ मा औषधि पसल सञ्चलन गर्दै आएका थिए । १७ वर्षकी नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले असोज १ गते पक्राउ गरेको हो । उनले बालिकामाथि पटकपटक यौन दुव्र्यवहार गरेको बताइएको छ । पीडितले जाहेरी दिएपछि खरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । झापा जिल्ला अदालतबाट हिजो म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।