झापा । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । त्यस्तै मनसुनको न्यूनचापीय रेखा सोमबार सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने देशभरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ।


















































