मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको तयारी सुरु गरिएको छ ।
नयाँ नेतृत्वसहित पदाधिकारी मनोनयनमा स्थानीय राजनीति दलबीच सहमति नभएपछि बुधबार पाँच राजनीतिक दलको सहमतिमा `लोकतान्त्रिक प्रगतिशिल साझा प्यानल´को उम्मेद्वारी घोषणा गरेको छ ।IMG_20240515_125803
नेपाली काङ्ग्रेस र माओवादी केन्द्रसहितका पाँच राजनीति दलले   सहमतीय प्रक्रियाबाट संस्था संचालनका लागि पटकपटकको छ्लफल र सम्बादलाई नेकपा एमालेले स्वीकार नगरेपछि पाँच दल निर्वाचनमा होमिएको हो ।
आगामी जेठ २६ गते हुने निर्वाचनका लागि पाँच दलको लोकतान्त्रिक प्रगतिशिल साझा प्यानलले उम्मेदवारी दिनुको कारणसहित अध्यक्षसहित ९ सदस्यीय समिति पदाधिकारीको नाम घोषणा गरेको छ ।
नेपाली कांग्रेसबाट अध्यक्षमा रोहितकुमार बुढाथोकी, माओवादी केन्द्रबाट उपाध्यक्षमा राजकुमार दाहाल (राजु), कांग्रेसबाट सचिवमा विशाल तामाङ, एसबाट कोषाध्यक्षमा विमला देवकोटा उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको छ ।IMG_20240515_205712त्यस्तै सदस्यहरुमा कांग्रेसबाट सीतादेवी कार्की, केशरजंग भट्टराई, माओवादीबाट पवित्रा तिवारी, राप्रपाबाट इन्द्र प्रधान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पूर्णबहादुर योङहाङ उम्मेदवार बनेका छन् । यसैगरी लेखा समिति संयोजकमा राप्रपाबाट किशोर भण्डारी, सदस्यमा एसबाट विकास राउत र कांग्रेसको भागबाट एकजना सदस्य थप्न बाँकी रहेको बताइएको छ ।
उम्मेदवारी घोषणापछि अध्यक्षका प्रत्यासी बुढाथोकीले काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई स्वच्छ र सर्वसुलभ तथा पानी निरन्तरताका लागि साझा प्यानलको उम्मेद्वारी रहेको बताए ।IMG_20240515_205557
उपाध्यक्षका प्रत्यासी राजकुमार दाहाल (राजु)ले संस्थालाई राजनीति भन्दा माथी उठेर त्यहाँ देखिएका समस्या समाधान गर्न आफुसहितको प्यानलको उम्मेद्वारी भएको बताए ।
उता एमालेले सन्तोष आचार्य अध्यक्षसहितको अर्को प्यानलको उम्मेद्वारी घोषणा गर्ने तयारीमा रहेको छ । रास्वपा भने एक्लै चुनावी मैदानमा उत्रिने बताएको छ ।
मेची सामुदायिक भवनमा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, एसका झापा अध्यक्ष वेदराज रेग्मी, माओवादी केन्द्रका क्षेत्रीय संयोजक माधव अर्याल, कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपा जिल्ला सदस्य शारद पराजुली, नगर सचिव विशालकृष्ण बाँस्तोला, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगर अध्यक्ष सुकविर लिम्बु लगायतले आफ्नो प्यानलको जीत सुनिश्चित भएको उद्घोष गरे ।IMG_20240515_132645
लोकतान्त्रिक प्रगतिशिल साझा प्यानलका संयोजक एवम् कांग्रेस मेचीनगरका सभापति सुदय पनेरुको अध्यक्षता, माओवादी केन्द्रका जिल्ला सदस्य मेघराज खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन कांग्रेस नगर सचिव मुकेश लिम्बुले गरेका थिए ।
काँकरभिट्टा खानेपानी संस्थामा प्रतीधारा एक जनाले मतदान गर्न पाउने ब्यवस्था गरेको छ भने ८ हजार भन्दा बढी मतदाताको घरका करिव ४० हजारबढी उपभोक्ता रहेका छन् ।