मेचीनगर । झापाको धुलाबारी माबिमा सामुदायिक विद्यालयका विद्यार्थीबाट पहिलो पटक गणितीय सामाग्री प्रदर्शनी गरिएको छ ।
सामुदायिक विद्यालयमध्ये जिल्लाकै नमूना विद्यालयको रुपमा परिचित धुलाबारी माबीले शुक्रबार ७२ औं वार्षिकोत्सवमा गणितीय प्रदर्शनी गरेको हो ।FB_IMG_1709348215469
बिगतको वार्षिकोत्सबमा बिज्ञान सामाग्री प्रदर्शनी गर्दै आएकोमा यो पटक गणितीय सामाग्री प्रदर्शनी गरिएको विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंले जानकारी दिए । उनका अनुसार संसारमा प्रबिधिको बिकास र चमत्कार बिज्ञानले नै गरेको भए तापनि गणित बिना बिज्ञान अधुँरो हुने भएकाले गणितीय प्रयोगात्मक सामाग्री प्रदर्शनीमा राखिएको हो ।गणितलाई दैनिक ब्यवहारिक जीवनसँग जोड्न सके सानै उमेरदेखि विद्यार्थीको पठनपाठनमा चौतर्फी बिकास गर्न सकिने सहायक प्रधानाध्यापक चौलागाईंको भनाई छ । विद्यालयमा गणित क्लब नै गठन गरिएको छ ।FB_IMG_1709348192120
गणित बिषयलाई अध्ययनसँगै ब्यवहारमा  परिणत गर्न  टेकनाथ गौतमको नेतृत्वमा क्लब गठन गरेको हो । कार्यक्रममा ३० वटा समुहका अलग-अलग बिधामा करिब २ सय विद्यार्थीले तयार गरेको गणितीय सामाग्री प्रदर्शनीमा राखिएको थियो । साथै पशुबिज्ञान प्रदर्शनी, विभिन्न समयमा विद्यालय उत्कृष्ठ घोषितपछि प्राप्त सिल्ड तथा मेडल प्रदर्शनी, रेडक्रस युवा सर्कल प्रदर्शनी गरेका थिए ।FB_IMG_1709348140798
विद्यालय नर्सबाट आगन्तुकको स्वास्थ्य चेकजाँच, अध्ययनरत कक्षागत विद्यार्थीले सामुहिक तथा एकल गीत, नृत्य तथा सांङ्गीतिक प्रस्तुति गरेका थिए । वर्ष शिक्षक सम्मान अन्तर्गत ७ जना शिक्षकलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो । FB_IMG_1709348300218 1दीर्घ सेवा सम्मान, उत्कृष्ट वर्ष शिक्षक सम्मान, उत्कृष्ट कर्मचारी सम्मान उत्कृष्ट अभिभावक सम्मान, धुलाबारी मावि आइडल घोषणा र पुरस्कार, एन सिसि क्याडेड सम्मान, अक्षयकोष घोषणा, कोपिला सदनको विशेष प्रस्तुती, विभिन्न जातीय भेषभुषा प्रदर्शनी लगायतका कार्यक्रम रहेको शिक्षक निरन गौतमले जानकारी दिए ।FB_IMG_1709348496489 1कार्यक्रमका प्रमुख अतिथि मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले धुलाबारी माबीले पठनपाठनको गुणस्तर र विद्यार्थी संख्याको आधारमा मेचीनगर मात्रै नभएर जिल्लाको नमुना विद्यालयको रुपमा परिचय बनाएको बताए । म यो विद्यालयको पुर्व विद्यार्थी पनि हुँ, मेयर बुढाथोकीले सम्बोधन गर्दै भने, `पछिल्लो एक दशकयता विद्यालय ब्यवस्थापनले विद्यार्थीको पठनFB_IMG_1709348262300पाठनमा राम्रो ब्यवस्थापन मिलाएको छ । ब्यवस्थापकीय क्षेत्रमा लागि पर्नुहुने ब्यवस्थापन समिति, शिक्षक र अभिभावकलाई धन्यवाद दिन चाहन्छु साथै निरन्तरताको कामना पनि गर्दछु ।´बिशिस्ट अतिथि जिल्ला समन्वय समितिका संयोजक राजकुमार बिकले सम्बोधन गरिएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंले स्वागत गरेका थिए ।FB_IMG_1709348284168
विद्यालयका प्रधानाध्यापक महेन्द्रबिलाश लुइँटेलले वार्षिक प्रगतिसहितको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्थानीय समाजसेबी उदयकुमार पनेरुले २ लाख बढी रकमको अक्षयकाेषको घोषणा गरेका थिए ।
गणेश नेम्बाङको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सवमा कार्यक्रमको सञ्चालन रमेश दाहाल र मिलनकुमार ढुंगानाले गरेका थिए ।