झापा । झापाको मेचीनगर नगरपालिका–७ सतीघट्टास्थित गैरीगाउँमा सशस्त्र प्रहरीले स्थानीयमाथी खुकुरी प्रहार गर्दा ६ जना घाइते भएका छन् । सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको देखिएको छ। सशस्त्र प्रहरी बलको २ नम्बर हेडक्वार्टरअन्तर्गतकाे प्रस्तावित सतीघट्टा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएका सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको हो । सशस्त्र प्रहरी बलको २ नम्बर हेडक्वार्टरले भने सामान्य विवाद भएको बताएकाे छ।
खुकुरी प्रहारबाट दीपा बातरको हातको औला काटिएको छ । हरि बातरको छातीमा गहिरो चोट लागेको छ ।
विषेश राजबंशीको हात कटिएको छ । स्थानीय मिलन चापागाईंको हात कटिएको बताइएको छ । दीपक बातर र आनह यादवलाई जीउमा चोट लागेको छ । घाइतेको उपचारको लागि बीएण्डीसी अस्पताल लगिएको जानकारी प्रप्त भएको छ । काँकडभिट्टा क्षेत्रमा विगतदेखि नै सशस्त्र प्रहरीले आतंक मच्चाउँदै आएको छ । कहिले तस्करले लाइन नदिएको भन्दै कुटपिट गर्दै आएको छ भने कहिले आफ्नै कर्मचारीमाथि हातपात गर्दै आएको छ ।