बाहुण्डाँगी । झापाको बाहुण्डाँगी जेसीजले शुक्रबारबाट दुई दिने प्रभावकारी भाषणकला तालिम सुरु गरेको छ । मेचीनगर-४ मा सुरु भएको तालिमको उद्घाटन नेपाल जेसीजका तालिम आयुक्त सुयोग खरेलले गरेका थिए । तालिममा जेसीजका सदस्य र र विद्यार्थीहरु गरी ५० जनाको सहभागिता रहेको छ ।received_1626454184846369तालिमका लागि शाखाले २ दिन अघि नै सहभागिको नाम फाइनल गरेको थियो । नेपाल जेसीजले सञ्चालन गर्ने तालिमको  नमुनाका आधारमा सञ्चालन गरेको यो तालिम बाहुण्डाँगीमा पहिलो पटक अभ्यास गरिएको हो । 

तालिममा रेडियो बिराटकी प्रबन्धक निर्देशक लीला अनमोलले प्रशिक्षकको रुपमा सहजीकरण गरेकी थिइन् ।

अध्यक्ष देबु बानियाँको सभापतित्व तथा नेपाल जेसीजका तालिम आयुक्त सुयोग खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा विशेष अतिथि वडा नम्बर २ का वडा अध्यक्ष तथा बाहुण्डाँगी जेसीजका पूर्व अध्यक्ष दीपक बराल, नेपाल जेसीजका पूर्व उपाध्यक्ष राजिप प्रसाई, मेचीनगर-४ का वडा सदस्य गीता लुङ्गेली, होम स्टे एशोसियशनका कोशी प्रदेश सचिव मञ्जल देवानलगायतले बोलेका थिए ।

कार्यक्रम संयोजक सामुल रायाले स्वागत गरेको कार्यक्रममा आस्था पाठ व्यक्तिगत क्षेत्रका उपाध्यक्ष थेसीस रुचाल र सञ्चालन महासचिव सुस्मिता खतिवडाले  गरेका थिए ।