बिर्तामोड । गोर्खा फाउण्डेशन नेपालले देशभरीबाट विभिन्न विधामा विशिष्ट योगदान गरेका व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ ।
फाउण्डेशनले उनीहरुलाई `बिशे नगर्ची राष्ट्रिय´ व्यक्तित्व सम्मान प्रदान गर्ने मङ्गलबार पत्रकारसमक्ष फाउण्डेशनका अध्यक्ष विरु दर्नालले जानकारी दिए ।अध्यक्ष दर्नालका अनुसार फरक-फरक विधामा राष्ट्रियस्तरमा योगदान गरेका व्यक्तिहरूलाई नगद ५१ हजारसहित सम्मान गरिनेछ । उत्पीडित जाति र गैरउत्पीडितलाई छनोट गरी सम्मान गर्नेछौ, उनले भने, 'समयले बिर्सिँदै गएको अवस्थामा उहाँको योगदानलाई बुझेर उच्च सम्मान गर्ने कार्यक्रमको आयोजना गरिएको हो ।´
समाजमा सबै जातिको योगदान रहेपनी त्यो ब्यक्तीको सम्मान र कदर नभएको पनि हुनसक्छ त्यसैले उनीहरुले गरेको योगदानको मुल्यांकन गरेर सम्मान गर्ने अध्यक्ष दर्नालको भनाई थियोे ।
कार्यक्रम चैत्र १७ गते शनिबार बिर्तामोडमा कार्यक्रम आयोजना गरिने फाउण्डेशनले जनाएको छ ।
झापाका सबै पालिका कार्यक्रमको सहआयोजक रहने उनले बताए । फाउण्डेशनका अध्यक्ष दर्नालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव रञ्जित परियारले सञ्चालन गरेका थिए ।