IMG_20240208_224549चारआली । झापाको मेचीनगर-१२ शहरेडाँगीमा सञ्चालित युनिक अङ्ग्रेजी बोर्डिङ स्कुलले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउँदै बिद्यालयको बार्षिक उत्सव सम्पन्न गरेको छ ।  IMG_20240208_224347विभिन्न बिद्याहरु  शारीरिक, बौद्धिक, सांस्कृतिकलगायतका खेल-प्रतियोगितामा विद्यार्थीलाई सहभागी गराउँदै उत्कृष्टलाई सम्मान एबम् पुरस्कृतसमेत गरेको छ ।IMG_20240208_222401 बिहीबार `परीक्षाफल प्रकाशन, सम्मान  पुरस्कार बितरण एबम् अभिभावक दिवस कार्यक्रम´मा विभिन्न बिधाका बिजेता विद्यार्थीलाई नगद, पुरस्कार, ट्रफी र मेडल प्रदान गरिएको थियोे ।IMG_20240208_222254कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाजसेवी तिलकप्रसाद गिरी, अध्यक्ष सुर्यप्रकाश सापकोटा एवम् शिक्षक-शिक्षिकले बिजेता विद्यार्थीलाई पुरस्करसहित मेडल प्रदान गरेको विद्यालयका प्रिन्सिपल बिष्णुप्रसाद रिमालले जानकारी दिए । IMG_20240208_222203विद्यालय स्थापनाको २० औं वार्षिक उत्सवपछि  विद्यालयको भौतिक बिकाससँगै नयाँ मोडेल-शैलीले विद्यार्थीलाई अतिरिक्त कृयाकलापसहित पठनपाठन गराउँने योजना बनाएको प्रिन्सिपल रिमालको भनाई छ ।IMG_20240208_222332विद्यार्थीको रगत समूह परीक्षण, आँखा परीक्षण, पाकशिक्षा, चित्रकला,  दौड, शिक्षक-शिक्षिकाको स्लो-बाइक रेस लगायतका साताब्यापी कार्यक्रम गर्दै आएको स्कुलले  कक्षागत नृत्य एबम् कला प्रस्तुति गरेका थिए ।कार्यक्रमको संचालन शिक्षक बेद्निधी रिमाल र शिक्षिका टीका नेपालले गरेका थिए ।FB_IMG_1707411411349FB_IMG_1707410368968FB_IMG_1707411471202