चारआली । ‘चारआली सांस्कृतिक महोत्सव-२०८०’ मा आइतबार  आज साँझ चर्चित रास्ट्रिय गायिका एलिना चौंहान आउने भएकी छन् । 
स्थानीय तथा राष्ट्रिय कलाकारको बाक्लो आगमन रहेको चारआली महोत्सवमा आधुनिक एलिना चौंहानको प्रस्तुति रहेको आयोजकको भनाई छ ।IMG_20240204_122001
मेचीनगर-१३ स्थित चारआलीको  निर्माण गरिएको टाँसी फुन छोग् छोई खोरलिङ नामको धार्मिक स्थल गुम्बाको चौतर्फी बिकास-उन्ननयका लागि लगाइएको सांस्कृतिक महोत्सव ब्यापारिक हिसाबले संतोषजनक नभएपनी रास्ट्रिय कलाकारको भने नियमित आगमन गरिएको आयोजकको भनाई छ ।
महोत्सवमा गायक डम्बर नेपाली, श्रीकृष्ण लुइँटेल (बोके दाह्री)  गायिका ज्योति मगर, कमल खत्री, सिताराम कट्टेल-कुन्जना घिमिरे (धुर्मुस-सुन्तली) लगायतका कलाकारको बेजोड प्रस्तुती गरिसकेका छन्।IMG_20240204_121930
महोत्सवमा विभिन्न जातजातीका पहिचान झल्काउने, होटल तथा मनोरञ्जनका स्टल, खेल तमासा, नौका बिहार, रोटेपिङलगायत र हाउजी खेलसहित तमासाबाट प्रवेशीलाई मनोरञ्जन प्रदान गर्दै आएको छ ।  महोत्सवमा अपाङ्ग-असाहयका लागि गेट प्रवेशमा नि:शुल्क गरिएको छ भने विद्यार्थी र वृद्धाको लागि परिचयपत्रको आधारमा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको ठेकेदार गणेश राउतले जानकारी दिए ।