IMG_20231102_180933झापा । ५० औं वर्ष प्रवेश गरेको अवसर पारेर झापा मेचीनगर-१२का समाजसेवी राजन चिमरियाले सहिद परिवारलाई गाई र दुर्घटनापछि निधन भएका परिवारका सन्तानलाई पठनपाठन खर्च प्रदान गर्दै जन्मदिन मनाएका छन् ।चिमरियाले तेह्रथुमको बगालेमा सहिद भएका प्रेम उप्रेतीका परिवारलाई बजार मूल्य ६५ हजार पर्ने ब्याउँने गाई बितरण गरेका हुन् । आफुले घरमा हुर्काएको होलिस्टेन जातको गाई चिमरियाले बिहिवार मेचीनगर-१३ स्थित सहिद उप्रेतीको घरमै लिएर पुगेका थिए ।  गाई लिएर पुगेका चिमरियाले सहिद प्रेम उप्रेतीका बुवा गंगा र आमा लक्ष्मीमाया उप्रेतीको घर पुगेर हस्तान्तरण गरेका थिए ।IMG_20231102_163802गाई हस्तान्तरणकै क्रममा उनले भने, `आज मेरो जन्मदिन हो । म आजदेखि  ५० औं वर्षमा प्रवेश गरें । हजुर सहिद परिवारको बुवाआमा हुनुहुन्छ । त्यसैले हजुरहरुको बुढेसकालको समयमा गाईको दुध अतिआवश्यक पर्ने महसुस गर्दै  मैले जन्मदिनमा गाई उपहार दिएको छु -चिमरियाले हातजोड्दै भने । 

२ महिनापछि ब्याउँने गाईसंगै ५ हजार १ सय रुपैयाँ नगद पनि सहिद उप्रेती परिवारलाई प्रदान गरेका थिए । 

सहिद उप्रेती परिवारलाई राज्यले वेवस्ता गरेको परिवारले गुनासो गर्दै आएका छन् । आफुले जन्मदिन र बैवाहिक वर्षगाँठको अवसरमा उत्पादन क्षेत्रमा सहयोग गर्ने योजनानुसार समाज र देशकै लागि योगदान दिएर सहिद भएकाको परिवारलाई गाई हस्तान्तरण गरेको जन्मदिन मनाइरहेका राजन चिमरियाको भनाई थियो । त्यसैगरी अल्पआयुमै निधन भएका झापा मेचीनगर-१० स्थित सगरमाथा टोलका नरेश राजबंशीको छोरीको पठानपाठनका लागि ५१ हजारको `कोषराशी´  रिलायन्स फाइनान्स लिको चेक प्रदान गरेका छ्न् ।

IMG_20231102_164714 मृतक नरेशको ६ वर्षीया छोरीको राम्रो शिक्षाका लागि आफै संरक्षक रहेर ५१ हजारको अक्षयकोष निर्माण गरेको हो । ५१ हजारको ब्याजले तत्काल बालिका नाइसा राजबंशीले शिक्षा लिन खर्च पुग्ने र नानी सावलकपछि उनैले प्रयोग गर्न पाउने गरीको कोष निर्माण गरेको चिमरियाको भनाई छ । उनले सवारी दुर्घटनाबाट मृत्यु भएका छोराको काजमा रहेका बुवा र श्रीमति बिमलालाई सुध्याई खर्चमा ५ हजार १ सय नगद प्रदान गरेका थिए ।

मृतक नरेशले २ वर्षयता मेचीनगर-१० पुरानो ढाट चोकमा मोटरसाइकल ग्यारेज संचालनमा ल्याएका थिए । मोटरसाकल दुर्घटनामा परेका राजबंशीको उपचारको क्रममा मृत्यु भएको थियो । 

फजुल खर्च गरेर उत्साहको रुपमा मनाईने जन्मदिन र बैवाहिक वर्षगाँठ मनाउँदा बिगतको वर्षमा चिमरियाले जिल्लाका सहिद  परिवारका सदस्यलाई झापाको सुखानीमा लगेर सम्मान र चिनो प्रदान तथा पर्यटकीय क्षेत्रकाे घुमाएर जन्मदिन मनाएका थिए । सोही क्रममा एक वर्षभित्र देशको आमूल परिवर्तनका लागि ज्यानको आहुती दिने सहिदको परिवारलाई गाई प्रदान गर्ने घोषणा गरेका थिए ।IMG_20231102_163739नेपाल डेरि एसोसिएसनका केन्द्रीय उपाध्यक्ष चिमरियाले कोभिड महामारीको समयमा दीर्घरोगीलाई घरघरमा औषधि बितरण, अग्नि, भुकम्प, बाडीपीडितलाई राहत प्रदान, गरिब तथा बिपन्नलाई गाँस र बासको ब्यवस्था, अनाथलाई घरका लागि आर्थिक सहयोग गर्दै आएका छ्न् ।  

रितिका डेरि उद्योगका संचालकसमेत रहेका चिमरियाको जन्मदिनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य मोहन राजबंशी, माओवादी केन्द्र जिल्ला सदस्य खगेन्द्र सिग्देल, सहिद परिवारका सदस्य मेनुका घिमिरे, माओवादी केन्द्र मेचीनगरका सचीव ज्ञानेन्द्र घिमिरे, १४ का इन्चार्ज अपुर्ब डाँगी, १०का डेबिट शिवाकोटी, १२ का पदम सुनुवार, १३ का अध्यक्ष पुरुस्वोतम सिग्देल तथा पत्रकारको सहभागीता रहेको थियो ।