झापा । माछा मार्न गएका एक युवकलाई कनकाई नदीले बगाउँदा बेपत्ता भएका छन् । झापा शिवसताक्षी नगरपालिका– १० स्थित कनकाई नदीमा माछा मार्न जाँदा कनकाई नगरपालिका –४ त्रिवेणी टोल निवासी २३ वर्षीय सविन श्रेष्ठ बिहीबार दिउँसो ३ बजेदेखि बेपत्ता भएका हुन् ।
श्रेष्ठ सोही ठाउँका भूपाल मगर, अमृत मगर, राम भुजेललगायतका साथीहरूसँग माछा मार्न गएका थिए । उनी डुबेको उनका साथीहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
हिजो दिउँसोदेखि खोजी गर्दा नभेटिएको र आज बिहानदेखि पुनः खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । आज बिहान विपद्को टोली खोजी कार्यका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए





















































