कास्की । कास्कीको पोखरा महानगरपालिकाको कार्यालयअगाडि बेवारिसे अवस्थामा भेटिएको शंकास्पद सुटकेशभित्र कपडा मात्र फेला परेको छ । पोखरा–९, नयाँ बजारस्थित महानगरपालिकाको कार्यालयअगाडि हिजो बेवारिसे अवस्थामा शंकास्पद सुटकेश भेटिएपछि सुरक्षाकर्मीलाई खबर गरिएको थियो । नेपाली सेनाको श्री कृष्णदल गण, फुलबारी ब्यारेकबाट उपसेनानी रावल खत्रीको कमाण्डमा खटिएको टोलीले सुटकेश खोलेर हेर्दा त्यसमा कपडा मात्र रहेको पाइएको हो । जाँचपछि सेनाले उक्त सुटकेश थप अनुसन्धानका निम्ति वडा प्रहरी कार्यालय बैदामलाई बुझाएको जनाएको छ ।





