इलाम । जिल्ला प्रशासन कार्यालय इलामले असोज ८ गतेदेखि ११ गतेसम्म इलामसहित देशभर वर्षाको उच्च सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी पूर्वानुमान तथा बुलेटिनका आधारमा उक्त अवधिमा उच्च वर्षाको सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी अवस्थामा रहन प्रशासनले सूचना जारी गरेको हो
प्रशासनले विशेषगरी बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रका नागरिकलाई सावधानी अपनाउन तथा सम्बन्धित सबै निकायलाई सम्भावित विपद्को सामना गर्न आवश्यक तयारी गर्न अनुरोध गरेको छ ।





