मेचीनगर । नगरबासी नागरिकहरूलाई घरबाटै अनलाइन सेवा आवेदन दिन, कर भुक्तानी गर्न र छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यलेझापाको मेचीनगर नगरपालिकाले पहिलो पटक “एकीकृत नगर सेवा प्रणाली” सुरु गरेको छ ।

भविष्यमा स्थानीय तहको सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित नगरले उक्त सूचना प्रविधिमैत्री “एकीकृत नगर सेवा प्रणाली” सोमबारबाट सुरु गरेको हो । मेचीनगर वडा नम्बर ६ को कार्यालयबाट उक्त सूचना प्रविधिमैत्री सेवा प्रवाह सुरु गरिएको मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।IMG-20260427-WA0020

स्थानीय सरकार निर्माण गर्ने लक्ष्यसहित सुरु गरिएको यस प्रणालीले नागरिकलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने विश्वास लिइएको मेचीनगरका नगरप्रमुख बुढाथोकीको भनाई छ । 

प्रणालीमार्फत नागरिकहरूले घरबाटै अनलाइन सेवा आवेदन दिन, कर भुक्तानी गर्न तथा आवश्यक कागजात प्राप्त गर्न सक्ने भएकाले वडा कार्यालयमा हुने भीडभाड घट्ने र सेवाप्रवाह थप व्यवस्थित हुने अपेक्षा गरिएको प्रमुख बुढाथोकीको भनाई छ । यसले नागरिकको समय, श्रम र खर्च बचत गर्नुका साथै सरकारी सेवाप्रतिको विश्वास समेत बढाउने मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको भनाई छ।

प्रणालीलाई सुरुवात गर्ने योजनाको ब्यवस्थापन हो । १५ वटा वडामा कस्तो र कुनकुन योजना छन् । नगरपालिकाभित्र कुन कुन योजना परेका छन् बुझ्न र सेवा लिन उपयुक्त माध्यमको रुपमा प्रणालीलाई लिएका छौं, प्रमुख प्रशासकीय अधिकृत  अधिकारिले भने,`आमनागरिकले सेवा लिँदा झन्झटिलो र अपादर्शिता छरितो र पादर्शी बनाउन कागजी प्रक्रियाको अन्त्य गर्न खोजेका छौं, याे नयाँ सुरुवात हो ।´ 

नगरपालिकाको दिगो लक्ष्य र सम्भावनालाई डिजिटल माध्यमबाट विश्वासनीय बनाउन २१ जना विद्यार्थी परिचालन गरिएको छ । जसमा नागरिकको करदाता नम्बर, सेवा लिने शीर्षक वा बिषयसहितको प्रोफाइल निर्माण गरिएकाले उपयुक्त प्रभावकारी  माध्यम बनेको अधिकृत अधिकारीको भनाई छ । यो प्रणाली  नागरिकलाई प्रदान गरिदै आएको प्रत्येक सेवाको अभिलेख सुरक्षित रहने हुँदा कामकारबाही पारदर्शी हुने, ढिलासुस्ती घट्ने तथा सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको उनको भनाई छ ।प्रविधिमा पहुँच नभएका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको `वान डोर सर्भिस डेलिभरी´ कार्यक्रमले ज्येष्ठ नागरिक, ग्रामीण बस्तीका बासिन्दा तथा डिजिटल सेवा प्रयोगमा सहज नभएका नागरिकलाई समेत समान पहुँच दिलाउने अपेक्षा गरिएको सूचना तथा प्रबिधि शाखा (आइटी) प्रमुख अशोक भेट्वालले जानकारी दिए ।IMG-20260427-WA0019

यस प्रणालीको सफल कार्यान्वयनले भविष्यमा अन्य वडाहरूमा समेत विस्तार गर्ने आधार तयार हुने र मेचीनगरलाई डिजिटल तथा स्मार्ट स्थानीय सरकारका रूपमा स्थापित गर्न सहयोग पुग्ने नगरवासीले अपेक्षा गरेका छन् । स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउँदै आधुनिक, सरल र उत्तरदायी सेवातर्फको महत्वपूर्ण कदमका रूपमा यस हेरिएको छ।