मेचीनगर । यस वर्ष मेचीनगरका सामुदायिक र निजी विद्यालयबाट सहभागी दुई हजार ७६ जना विद्यार्थीले एसईई परीक्षा लेखेका छन् ।

परीक्षामा सम्मेलित दुई हजार ९० जना विद्यार्थीमध्ये १४ जना परीक्षा सहभागी नभएको मेचीनगरका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले जानकारी दिए । जसमा नियमिततर्फ दुई हजार ३०  जना र पुरकतर्फ ३० जना विद्यार्थी एसईई परीक्षा लेखेका हुन् । 
मेचीनगरमा १७ वटा सामुदायिक विद्यालयबाट ३५ वटा निजी बोर्डिङ स्कुल रहेका छन् । जसमा अघिल्लो वर्षको तुलनामा २४ जना बढी हो ।
अघिल्लो वर्ष 
बोडिङका विद्यार्थी संख्या ९ सय ९० र सामुदायिक एक हजार ६२ जना गरी २ हजार ५२ जना विद्यार्थी एसईईमा सहभागी भएको नगर शिक्षा अधिकारी भण्डारीले बताए । 
शिक्षा कार्यालय झापाले मेचीनगरमा सात वटा परीक्षा केन्द्रबाट एसईई 
परीक्षा दिने ब्यवस्था गरेको थियो ।  
मेचीनगरका सातवाटै केन्द्रका परीक्षार्थीमध्ये एक दिनमा १४ जना अनुपस्थित भएका थिए । यो क्रम दैनिक रुपमा देखिँदै आएको छ, नगर शिक्षा अधिकार भण्डारीले भने,`मौसम परिवर्तनका कारण स्वास्थ्य प्रतिकुल हुँदा परीक्षार्थीले नियमित परीक्षा दिन नसकेको बुझिएको छ ।´
बुद्धशान्तिको एउटा विद्यालयका विद्यार्थीले मेचीनगरको परीक्षा केन्द्रबाट र मेचीनगरभित्रको पुँहातु माबिका विद्यार्थीले भद्रपुरस्थित परीक्षा केन्द्रबाट एसईई परीक्षा लेख्दै आएका छन् । यो वर्ष परीक्षा सुरु भएको मितिले एक महिनाभित्र परीक्षाफल प्रकाशन गर्नुपर्ने शिक्षा मन्त्रालयको निर्णयअनुसार नै परीक्षाफल प्रकाशन गरिने शिक्षा अधिकारी भण्डारीले बताए ।