झापा । झापाको कनकाई वडा न. २ मा रहेको हेप्पील्याण्ड फनपार्कमा दुई समूहबिच झडप हुँदा पाँच जना घाइते भएको छन् । डिजे बजाई नाच्ने क्रममा विवाद हुँदा झडपमा सहभागी तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार हिजो दिउँसो भएको घटनामा झापा गाउँपालिका वडा न.५ बस्ने बर्ष १८ का मानारुल आलम (टाउकोमा चोट, अवस्था मध्यम ,बिर्तासिटि अस्पतालमा उपचार भइरहेको), सोही ठाउँ बस्ने बर्ष १८का अन्सारुल अली (टाउकोमा चोट, अवस्था सामान्य, बिर्तासिटी अस्पतालमा उपचार भइरहेको) ,बर्ष २० का फिरोज अली (नाकमा चोट, अवस्था सामान्य, डिस्चार्ज), बर्ष २० का तामेजल खान (टाउकोमा चोट, अवस्था सामान्य, डिस्चार्ज) र बर्ष २४का समान शेख (टाउकोमा चोट, अवस्था सामान्य, बिर्तासिटि अस्पतालमा उपचार भइरहेको) घाइते भएका छन् । त्यस्तै प्रहरीले बाह्रदशी वडा न.४ बस्ने बर्ष १९ वर्षीय साहिद खान, सोही ठाउँ बस्ने बर्ष १९ वर्षीय सन्जाद आलम र बर्ष २२ वर्षीय आसिक आलमलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी टोली खटिएर स्थिति सामान्य बनाएको थियो ।