झापा । लागूऔषध रहेको भन्ने गोप्य सूचनाको आधारमा झापाको भद्रपुरबाट प्रहरी ठुलो परिणाममा लागुऔषध फेला परेको छ ।
भद्रपुर-६ बस्ने श्रवण यादवको घरमा प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङ, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहान र लागूऔषध व्यूरो ईकाई काँकडभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको संयुक्त टोलीले उनको घर खानतलासी गर्दा प्लाष्टिकसहित ५४ ग्राम ४३० मिलिग्राम र प्लाष्टिकबाहेक ५० ग्राम ४३०मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । लागूऔषधसहित भद्रपुर-६ बस्ने बर्ष ३१ का श्रवण यादव, सोही ठाउँ बस्ने बर्ष २०का गणेश राजवंशी र बर्ष २६ का प्रकाश राजवंशी पक्राउ परेका छन् । त्यस्तै गएराति नै १०.३० बजे भद्रपुर ५ भद्रपुर बसपार्कमा सोही प्रहरी टोलीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर-५ बस्ने बर्ष३०का शुभम साह, वडा नं ४ बस्ने बर्ष ३० का जयकरण कहार, वडा नं-६ बस्ने बर्ष ३५का दुलाल शेख र सोही ठाउँ बस्ने बर्ष २९ का मोहम्मद अमिरबाब रहेका छन् । शेखको साथबाट प्लाष्टिकसहित १५ ग्राम ९०मिलिग्राम र प्लाष्टिकबाहेक१०ग्राम२००मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।





















































