झापा । विभिन्न प्रलोभन देखाउँदै विदेश पठाउन भन्दै ३ करोड रकम ठगी गर्ने बिर्तामोडका एक व्यक्ति पक्राउ परेका छन् । युरोपका विभिन्न देशमा पठाइदिन्छु भन्दै ७० जना बढी युवाबाट रकम अशुल्ने बिर्तामोड-५ बस्ने वर्ष २५ का कृष्ण अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । अग्रवालले ठगी गरेको भन्दै २५/३० जना पीडितहरुले उनलाई समातेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएका थिए । त्यस विषयमा अनुसन्धान तथा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।