पोखरा । स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा। धनञ्जय रेग्मी विजयी भएका छन् । हालसम्म काँग्रेस र एमालेले आलोपालो जित्दै आएको यो ठाउँमा पहिलो पटक जितको रेकर्ड तोडिएको हो ।
रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भरतराज ढकालले १८ हजार ८ सय ५७ मत पाए । नेकपा एमालेका उम्मेदवार मीनप्रसाद गुरुङले १६ हजार ८ सय ४ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शैलेन्द्र घिमिरेको १ हजार ५ सय ५२ मत आयो ।



















































