रुकुम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' विजयी भएका छन्। रुकुम पूर्वबाट उनी विजयी भएका हुन् । निर्वाचन आयोगका अनुसार उनले १० हजार २४० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी लिलामणि गौतमले ३ हजार ४६२ मत ल्याए भने कांग्रेसकी कुसुमदेवी थापाले ३०८१ मत ल्याइन्। रास्वपाले ८१९ मत ल्याउँदा जनार्दन शर्माका पार्टीका उम्मेदवार सन्दीप पुनले २०३ मत ल्याए।



















































